Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एमाले नेता लेखराज भट्टले के पी ओली विरुद्ध बोलेको भिडियो संवादमा के छ ?

एमाले नेता लेखराज भट्टले के पी ओली विरुद्ध बोलेको भिडियो संवादमा के छ ?

काठमाडौँ । नेकपा एमालेका नेता लेखराज भट्टले केही दिन अघि एमाले पार्टी छाडेको चर्चा चलेको थियो । तर उनले पाटी छाडेका भने थिएनन । तिनै लेखराजको एउटा अनौपचारिक संवादको भिडियो भने यतिबेला समाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

लेखराजको उक्त संवादलाई उनको निवासमा पुगेका एकजनाले मोबाइल फोन लुकाएर खिचेपछि सार्वजनिक गरिदिएका हुन्। लेखराज बोलेको अडियोसहितको उक्त भिडियो अहिले फेसबुक भाइरल भइरहेको छ । तर भटटले भने उक्त भिडियो अहिलेको नभई २ बर्ष अघिको रहेको बताएका छन । त्यसमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्टि पोखका छन् । कैलालीको अत्तरियास्थित आफ्नै निवासमा उनले एमालेमा रहेका पूर्वमाओवादी नेता तथा कार्यकर्ताहरूसँगको कुराकानीमा ओलीमाथि असन्तुष्टि पोखेको बताइन्छ ।

सो क्रममा भट्टले ओलीसहितका कतिपय एमाले नेताहरूमा अहंकार रहेको गुनासो गरेको सुन्न सकिन्छ ।

भट्टको यस्तो गुनासोअघि नै उनले एमाले छाड्न लागेको हल्ला समेत चलेका थिए । तर, भट्टले आफ्नो पार्टी छोड्ने कुनै योजना नभएको बताएका छन् । उनले केही दिनयता आफूले एमाले छोड्न लागेको हल्ला चलेपनि निराधार भएको स्पष्ट पारे । यस्तो हल्ला माओवादीका नेताहरूले सुनियोजित रूपमा चलाएको उनको आरोप छ ।

उनी बोलेको उक्त अडियोमा भनिएको छ, ...को अध्यक्षका लागि कुरा त गरेकै हो, रिपोर्ट पनि गरिएकै हो । तर नेतृत्वले त्यसलाई गम्भीरतापूर्वक लिएन । यो समस्या हामीमा छ । मलाई के हो त भन्दा प्रचण्डसँग जुधेको जस्तो म अहिले केपीसँग जुध्न सक्दिनँ । किन भने त्यहाँ लडेर आइएको छ, यहाँ केपी भनिएको छ, नेतृत्व स्वीकारिएको छ । अहिल्यै लड्ने कुरा भोलि नेतृत्वले त्यसलाई नेगेटिभ लिँदा समस्या हुन्छ ।

हाम्रो (एमालेमा) त म भन्ने छ नि त अहंकार नेताहरूमा म । मार्कसिजम भन्छ नि म भनेर । मबाहेक रहने छैन भनिन्छ । मेरो के हुन्छ भने या त मैले अन्य पार्टी खोल्नुपर्छ कि त सन्यास लिनुपर्छ । अहिले नै केपीसँग जुध्ने हो भने त समस्या आइहाल्छ, अहिले बेलै भएको छैन। भर्खर हामी आएका हौँ, उहाँले हामीलाई राम्रोसँग बुझ्नु भएको छैन । तर हामीले त बुझिसकेका छौँ । उहाँहरूले हामीलाई बुझ्नु भएको छैन । अहिले टोपबहादुर भित्र पस्नु भयो । खासगरी के भन्ने जिम्मेवार मान्छेले लेख्या लेख्यै छन् । म ठूलै अपराध गरेर यहाँ बस्न आए जस्तो लेखिरहन्छन् । (अर्का व्यक्तिले पृष्ठभूमिमा भने–शेरबहादुर तामाङ बोलिरहेका छन् ।)

कहिले अध्यक्ष मञ्चमा हामी छौँ, आतंककारी भनिदिनुहुन्छ हामीलाई । अपराधी र हत्यारा भनिदिनु हुन्छ हामीलाई । तर हामी अहिले पनि गर्व गर्छौँ । जनयुद्ध नभएको भए आज केपी शर्मा ओलीले पनि त्यसरी बोल्न सक्नु हुन्नथ्यो । त्यो ठाउँ उहाँले पाउनु हुन्थेन । २ मिनेट ६ सेकेन्डको उक्त संवादमा भनिएको छ ।