Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछानेले प्रहरी समक्ष आफु निर्दोष रहेको र सरकारले फसाउँन लागेको बताएपछि...

रवि लामिछानेले प्रहरी समक्ष आफु निर्दोष रहेको र सरकारले फसाउँन लागेको बताएपछि...

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने यतिबेला काठमाडौँ प्रहरीको हिरासतमा रहेका छन । थुनछेक बहस नसकिएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको छ । बहसमा क्रममा रविले हिरासत बाहिरै राख्न माग गरेका थिए तर उनलाई प्रहरीकै जिम्मा लगाइएको छ । हिरासतमा जाँदै गर्दा रवि लामिछानेले प्रहरीसँग आफुलाई फसाइएको त आफु छुट्ने बताएको प्रहरीले जनाएको छ । प्रहरीसँग रविले भने, ‘हेर्नोस्, मलाई फसाइएको हो । म छुट्छु ।’ रवि लामिछाने माथि यतिबेला सहकारीको बचत रकम अपचलनको आरोप लागेको छ । उनले मुद्दाको प्रक्रियाअनुसार आफू अदालत र प्रहरी कार्यालय धाइरहनुपरेको समेत बताएका थिए ।

‘सरकारी वकिलले मलाई नियतवश हिरासतमा पठाउन र फसाउनकै लागि १०,११ जना वकिल राखे, ‘सोमबारै टुंगिने मुद्दालाई सरकारी वकिलहरूले लम्ब्याए । केही छैन, म अन्तिममा छुट्ने नै हो । सोमबार रविले प्रहरीसँग गरेको भनाईलाई उद्धृत गर्दै स्रोतले बताएको छ । उनी काठमाडौँ जिल्ला अदालतमा आइतबार उपस्थित भएका थिए । उनको थुनछेक बहस सोमबार बाट सुरु भएको छ । हिजै सक्ने तयारी भएपनि हिज नसकिएपछि उनलाई हिरासतमा पठाइएको छ । यस्तै रवि लामिछानेको सहकारी प्रकरणको मुद्धा अश्वभाविक रुपमा लम्बिएको छ । उनको मुद्धा लम्ब्याउनुले सरकारले प्रतिशोध पुर्ण ब्यबहार गरेको प्रष्ट हुने रास्वपा नेता बताउँछन् ।