Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रधानमन्त्री के पी ओलीको भारत भ्रमण अनिश्चित,ओली र आरजुको दुरी बढ्यो ?

प्रधानमन्त्री के पी ओलीको भारत भ्रमण अनिश्चित,ओली र आरजुको दुरी बढ्यो ?

काठमाडौँ । भारत सरकारले यतिबेला चासो नदिदा प्रधानमन्त्री के पी शर्मा ओलीको भारत भ्रमण यतिबेला अनिश्चित बन्न पुगेको छ । भारत भ्रमणको चाजोपाँजो मिलाउने हालकी परराष्ट्र मन्त्री आरजु राणा देउवालाई नै भारतले महत्त्व नदिएपछि ओलीको भारत भ्रमण कहिले भन्ने नै अहिले अनिश्चित बन्न्न पुगेको हो । केही महिना अघि चिनको औपचारिक भ्रमण सकेर नेपाल फर्किए लगत्तै ओली ले नै अबको भ्रमण भारत हुने बताएका थिए ।

अहिलेको सरकारी की सबैभन्दा बढी चर्चित पात्र  आरजु सँग समेत यतिबेला भारत रुष्ट देखिएको छ । चिन भ्रमण सकेर नेपाल आएपछि नै उनको भारत तिर दौडधुप निकै बढेको छ । तर कुटनितिक मामिलामा खेलचारी गर्दा यतिबेला ओली र आरजु नै भारत सँग लज्जास्पद बन्न्न पुगेका छन । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबारको बैठकमा परराष्ट्रमन्त्री आरजु राणाले प्रधानमन्त्रीको आगामी विदेश भ्रमण भारतबाहेकका राष्ट्रमा हुने संकेत गरेकी हुन् ।

प्रधानमन्त्रीको पछिल्लो वैदेशिक भ्रमणका सम्बन्धमा समितिले सोमबार गरेको छलफलमा परराष्ट्रमन्त्री आरजु राणाले प्रधानमन्त्रीको भारत भ्रमणको कुनै चर्चा गरिनन । उनले प्रधानमन्त्रीको निकट भविष्यमा हुने भ्रमण भारतबाहेक अन्य देशहरूमा हुन सक्ने बताएकी छन ।

चीन भ्रमणबाट मंसिर २० गते फर्केकी परराष्ट्रमन्त्री राणा २२ गते युरोप भ्रमणका लागि निस्केका थिइन्। युरोपबाट पुस ५ गते नेपाल फर्किने कार्यक्रम तय भएको थियो तर उनी अचानक युरोपबाटै भारत गइन्। तैपनि प्रधानमन्त्री ओलीको भारत भ्रमणको कुनै टुंगो नहुने भएपछि सो विषय सेलाउँदै गएको थियो । त्यसपछि पुस ११ गतेको एमालेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले भारत भ्रमणबारे धेरै चर्चा गरिरहन आवश्यक नरहेको टिप्पणी गरेका थिए ।

कतिसम्म भने प्रधानमन्त्री ओलीनिकट एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले त पुष २५ गते प्रधानमन्त्री भारत भ्रमणमा जाने भनेर ठोकुवा गरेका थिए । उनले सामाजिक सञ्जाल फेशबुकमा नै त्यस्तो स्टाटस लेखेका थिए । धेरैले भ्रमण हुने निश्चित् भएको र मिति तय भएको भनेर बुझे ।

तर, एक महिना बितिसक्दापनि भ्रमण हुन नसक्नुले तत्काल भ्रमण हुने सम्भावना देखिएको छैन् । बीआरआई फ्रेमवर्क सम्झौता भएपछि अहिलेको सरकारसँग भारत चिढिएको छ । हाम्रा देशका नेता र मन्त्रीहरुले कुटिनितिमा संवेदनशीलतमा नदेखाउँदा कहिले चिन त कहिले भारत सँगको सम्बन्ध बिग्रदै आएको छ ।