काठमाडौँ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोक पुगेका छन। सिन्धुपाल्चोकको सुकुटेतिमा माघ १ गते देखि सञ्चालन हुन लागेको आठौं पुरुष र सातौं महिला राष्ट्रिय बिच भलिबल प्रतियोगिता उद्घाटन कार्यक्रममा सहभागी हुन प्रचण्ड त्यसतर्फ गएका हुन ।
सिन्धुपाल्चोकको सुकुटे पुगेका प्रचण्डले पार्टीका नेता तथा कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माणलगायतका विषयमा जानकारी लिएका छन् ।
प्रचण्डसँगै माओवादीका नेताहरु माधव सापकोटा, रामप्रसाद सापकोटा दीपशिखा, सरल सहयात्री, युवराज दुलाललगायत सहभागी छन् । प्रचण्ड यसअघि पनि रिफ्रेस हुन सुकुटे पुग्ने गरेका थिए ।
