काठमाडौँ । नेपाली काग्रेसका सांसद डा.चन्द्र भण्डारीले सरकारले ल्याएको अध्यादेशको बिरोध गरेका छन । उनले यो संसदीय व्यवस्थाको विरोधी काम रहेको र संसद्को पनि अपमान भएको बताएका छन ।
उनले संसद जीवित हुँदा हुँर्दै के कति कारण अध्यादेशको आवश्यकता पर्यो ? संसदको विश्वास भएन कि संसदीय व्यवस्थाप्रति विश्वास टुट्यो ? भन्दै प्रश्न समेत गरेका छन । गुल्मी क्षेत्र नं १ का सांसद समेत रहेका भण्डारीले सामाजिक सञ्जाल बाटै अध्यादेशको बिरोध गरेका हुन । उनले आफनो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, हामीले लामो संघर्ष गरी प्राप्त संसदीय व्यवस्था विधिको शासन ,पारदर्शिता र सुशासनका लागि थियो। त्यस कारण हामीले संसद्को कल्पना गरी जनताबाट निर्वाचित जनप्रतिनिधिबाट मुलुक चलाउने व्यवस्थालाई हामीले पालन गरेका हौं।
देशलाई आवश्यक पर्ने कानुन नीति निर्माण व्यवस्थापिका सांसदबाट हुन्छ । संसद जीवित हुँदा हुँदै के कति कारण अध्यादेशको आवश्यकता पर्यो ? संसदको विश्वास भएन कि संसदीय व्यवस्थाप्रति विश्वास टुट्यो ? के हामी सांसदलाई मृत घोषणा गरिएको हो , त्यो पनि भएको छैन हामी सांसद र संसद कृतघ्न पनि छैन ÷ छैनौं !!!तसर्थ जोसुकैले जुन उद्देश्यका लागि गरे पनि यो कदापि क्षम्य हुँदैन । यो संसदीय व्यवस्थाको विरोधी काम हो र संसद्को अपमान पनि भनेर उनले लेखेका छन । सरकारले ल्याएको अध्यादेशको यतिबेला बिरोध भैरहेको छ । नेपाली काग्रेस भित्रै यतिबेला उक्त कुरालाई लिएर बिरोधमा स्वर सुनिन थालेका छन । शुक्रबार बेलुका प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न अध्यादेश ल्याउने निर्णय गरेको छ ।