Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछानेलाई हिरासतमा पठाएसँगै काठमाडौं जिल्ला अदालत बाहिर ओली विरुद्ध नाराबाजी

रवि लामिछानेलाई हिरासतमा पठाएसँगै काठमाडौं जिल्ला अदालत बाहिर ओली विरुद्ध नाराबाजी

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानलाई हिरासतमा पठाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध रास्वपा कार्यकर्ताको नाराबाजी गरेका छन् । आज भएको थुनछेक बहस नसकिएपछि रविलाई हिरासतमा पठाइएको छ । आज थुनछेक बहस नसकिएपछि न्यायाधीशले प्रहरी हिरासतमा पठाउने आदेश दिएपछि रास्वपा समर्थकले काठमाडौं जिल्ला अदालत बाहिर प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरेका हुन् ।

सहकारी ठगी प्रकरणमा लामिछानेलाई प्रहरीले पक्राउ गरेपछि रास्वपाका नेता कार्यकर्ता सरकारले प्रतिशोध राखेको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध खनिँदै आएका छन् । केही दिन अघि पोखरामा ओली र गगन बिरुद्ध नारा बाजी गरेका थिए । आज बहस नसकिएपछि मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखिएको छ । आज बाट सुरु भएको थुनछेक बहस नसकिएपछि पर्सि (बुधबार) हुनेगरी आजका लागि सकिएको छ । यो सँगै लामिछाने आज र भोली पनि काठमाडौं प्रहरीको हिरासतमा रहने भएका छन् । भोलि (मंगलबार) सरकारी बिदा भएका कारणले बुधबार मात्रै थुनछेक बहस हुने भएको हो ।