काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने छुटेसँगै मुकुल ढकालले बधाई दिएका छन । रास्वपाका पुर्व माहान्त्री समेत रहेका मुकुलले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बधाई दिएका छन ।
उनले आज शनिवार एक स्टाटस लेख्दै रवि खुसि देखिएको बताउँदै बधाई दिदै अझै १७ पटक फैसला आउन बाँकी रहको बताएका छन,उनले लेखेका छन, कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा रिहा गरेपछी, रवि दाइ खुशी हुनु भएको देखे । खुशी हुनु भएकोमा रबि दाईलाई बधाई छ । यस्तै फैसला १८ पटक हुनु पर्नेछ , बल्ल १ पटक सकियो र अहिले नै देवत्वकरण नै गर्ने गरि वकिल र न्याधिशभन्दा बेसी अदालतको तारिफमा जसरी साथीहरू ओर्लिए, यो आगामी दिनमा रवि दाइका लागी झन् घातक हुनसक्छ ।
हुन त “पैसा आएको थाहा थियो, ग्यालेक्सी टिभी लिलाम गरौँ“ जस्ता तर्क रबि दाइपक्षका वकिलले नै गर्दा कतै रबि दाइ पक्षका केहि वकिलहरू नै विपक्षीसँग बिके की भनेर शङ्का गर्ने प्रशस्त ठाउँ छ । अदालतको फैसलाले पार्टी पेंडुलम राज्यमा बस्ने जस्तो देखिन्छ । १७ पटक अरू फैसला आउन बाँकी रहेकाले कुनै एउटा फैसला रबि दाइका लागी अप्रिय आउनसक्छ , यो सम्भावना बाँकी नै छ । यो समय खुशी हुने भन्दा पनि लामो समय लम्बिने अदालति प्रक्रिया र पार्टी जीवनलाई कसरी सन्तुलित बनाएर लाने त्यसबारे रणनीति बनाउने बेला हो ।
त्यो अप्रिय फैसला आउनु अघि नै पार्टीभित्रका दुषित शक्तिले खेलिरहेको खेल बुझ्दै उनीहरूलाइ पररास्त गरेमा रबि दाइलाई पनि जोगाउन सकिएला, पार्टी पनि जोगाउन सकिएला । अन्यथा आज भगवान बनाइएको निकायले अर्को फैसला गरे, रबि दाइका लागी त गाह्रो बनाउँछ नै, त्यतिबेलासम्म दुषित शक्तिले यो बीचको अवधिमा आफूलाई पखाल्दै पार्टी नै कब्जा गरिसक्छ । यो राजनीति हो, राजनीति बुझौँ है साथीहरू । एउटा ठुलो ग्रान्ड डिजाइनमा पार्टी फँस्दै छ । भनेर उनले लेखेका छन । रास्वपा सभापति रवि लामिछाने सहकारीको आरोपमा गत कार्तिक २ गते पक्राउ परेका थिए उनी बिहिबार ६५ लाख धरौटी बुझाएर रिहा भएका छन । उनी बिरुद्ध काठमाडौँ र रुपन्देहीमा समेत मुद्धा दर्ता भैसकेको छ ।