काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने स्थलमार्ग हुँदै पोखरा बाट हिज राति काठमाडौँ आइपुगे हुन । रास्वपाका अनुसार पूर्वगृहमन्त्री समेत रहेका लामिछाने गाडीमार्फत शुक्रबार राति काठमाडौँ आइपुगेका हुन् । उनी हिजै दिउँसो फलाईट बाट काठमाडौँ आउँने कुरा रहेपनि धेरै जना रहेकोले फलाईटमा आउन सम्भव नभएपछि गाडीमा आए । उनी सहकारीको रकम अपचलनको आरोपमा गत कार्तिक २ गते पक्राउ परेका थिए,रवि ८४ दिनपछि कास्की प्रहरीको हिरासत बाट मुक्त भएका छन । उनी ६५ लाख रुपैया धरौटी बुझाएर बिहिवार नै हिरासत मुक्त भएका थिए ।
उनी बिहिवार साँझ पोखरा नै बसेका थिए । उनी बिरुद्ध काठमाडौँमा समेत मुद्धा दर्ता भसैकेको छ,उनी हिज नै काठमाडौँ जिल्ला अदालतमा उपस्थित रहने कुरा रहेको थियो । अब उनी भोली मात्रै काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने छन । कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अनियमितता भएको प्रकरणमा रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले आइतबार अदालतमा मुद्दा दर्ता गराएको हो ।
सहकारीको एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ अनियमितता गरेको आरोपमा गोर्खा मिडिया प्रा.लि.का तत्कालीन सञ्चालक समिति सदस्य लामिछानेसहित छविलाल जोशी, स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता तामाङ, सदस्य हमेन्त अधिकारी, रविना रिमाल, पूर्वअध्यक्ष दिपक लामाविरुद्ध मुद्दा दर्ता भएको छ ।