Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सशस्त्र प्रहरीका चार डीआईजीको पदावधि एक वर्ष थप

सशस्त्र प्रहरीका चार डीआईजीको पदावधि एक वर्ष थप

काठमाडौँ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका चार प्रहरी नायब महानिरीक्षक डीआईजीको पदावधि एक वर्ष थप भएको छ । गएराति १२ बजेदेखि नै लागू हुनेगरी चार जना डीआईजीको पदावधि एक वर्ष थप गर्ने निर्णय गरेको हो ।

पदावधि थप हुनेहरुमा नम्बर–१ बराह बाहिनी मुख्यालय पकली सुनसरीका प्रमुख शम्भु सुवेदी, नम्बर–३ गढीमाइ बाहिनी मुख्यालय मकवानपुरका प्रमुख गणेश ठाडामगर, नम्बर–४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीका प्रमुख कुलबहादुर नेम्वाङ र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा कार्यरत प्रहरी नायब महानिरीक्षक कमल गिरी रहेका छन् ।

गृह मन्त्रालयको प्रस्तावमा चारै जना प्रहरी नायब महानिरीक्षकको पदावधि एक वर्ष थप गर्न मन्त्रिपरिषद्ले निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को ९ग० मा सशस्त्रका प्रहरी महानिरीक्षकको पदावधि चार वर्षको हुने व्यवस्था छ । चारै जना प्रहरी नायब महानिरीक्षक भएको हिजो चार वर्ष पूरा भएको हो ।

नियमावलीको दफा ६५ कै ९ग० को ९२० उपनियममा सशस्त्र प्रहरी महानिरीक्षक ९आईजी० को सिफारिशमा नेपाल सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० र प्रहरी नायब महानिरीक्षक ९डीआईजी० को पदावधि चार वर्षपछि एक वर्ष थप गर्न सक्ने उल्लेख छ ।

त्यसै व्यवस्था अनुसार मन्त्रिपरिषद् बैठकले चारै जना प्रहरी नायब महानिरीक्षकहरूको पदावधि एक वर्ष थप गर्ने निर्णय गरेको हो ।