काठमाडौँ । आज पोखरामा के पी ओली र गगन थापा बिरुद्ध रास्वपा सभापति रवि लामिछानेका समर्थकले नाराबाजी गरेका छन । उनीहरुले रवि दाई हाईहाई भन्दै नाराबाजी गरेका छन । रविलाई अदालत गेट बाहिर निकाल्ने क्रममा उनका समर्थकले हात हल्लाएर नाराबाजी सुरु गरेका थिए । उनीहरुले प्रधानमन्त्री के पी शर्मा ओली र नेपाली काग्रेसका महामन्त्री गगन थापा बिरुद्ध नारा लगाएका हुन ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट जारी थुनछेक बहस सकिएको छ । दुई दिन देखि लामिछानेकातर्फबाट भइरहेको थियो । लामिछानेको बयान सकिएको अदालत स्रोतले जानकारी दिएको छ । सुर्यदर्शन सहकारी प्रकरणमा जिल्ला अदालत पोखरामा दुई साता देखि प्रतिवादीहरुको तर्फबाट बहस जारी छ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा लामिछानेको दुई दिन देखि जारी बहस आज सकिएको हो ।