Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपाको केन्द्रीय समिति बैठक आज पनि बस्दै

रास्वपाको केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौँ । रास्वपाको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । काठमाडौंस्थित स्वयम्भू स्टार ब्यांक्वेटमा जारी बैठकमा आज संविधान संशोधन लगायतका विषयमा छलफल हुँदैछ ।

बैठकमा जलेश्वरको बैठक र राष्ट्रिय भेलामा प्रस्तुत सभापतिको राजनैतिक प्रतिवेदनहरुका आधारमा गर्नुपर्ने पार्टीको आगामी कार्यदिशा र कार्यक्रमबारे पनि छलफल हुने कार्यबहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन ।उनका अनुसार केन्द्रीय समिति, सल्लाहकार परिषद्, केन्द्रीय विभागलगायत पुनर्संरचना, पार्टीको बैठक संचालन कार्यविधि संशोधन र आचारसंहिताको विषयमा पनि छलफल हुनेछ । बैठक आजै समापन गरिने रास्वपाले जनाएको छ ।

बैठकको पहिलो दिन शनिबार समसामयिक राजनीतिक छलफलका साथै नेताहरुले रिपोर्टिङ गरेका थिए ।