Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एकपटक देशको नेतृत्व गर्न चाहेको विप्लवको भनाई

एकपटक देशको नेतृत्व गर्न चाहेको विप्लवको भनाई

काठमाडौँ । एकपटक देशको नेतृत्व गर्न नेकपाले चाहेको नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले बताएका छन् । आज काठमाडौँमा आयोजित पार्टी धु्ब्रीकरण कार्यक्रममा विप्लवले आफ्नो सेवा सुविधाका लािग नभइ देश र जनताको सेवाका लागि नेकपाले एकपटक देशको नेतृत्व गर्न चाहेको बताएका हुन् । उनले मुलुकको विकास र नेपाललाई हेप्ने विदेशी शक्तिका बिरुद्ध सशक्त भएर उभिने स्पष्ट दृष्टिकोण नेकपामा रहेको जिकिर गरे ।

क्रान्तिकारीबीच सुरु भएको ध्रुविकरणको क्रम अब नरोकिने भन्दै देशको नेतृत्वमा पुग्ने गरी सबैबीच धु्रविकरण हुने उनले बताए । विप्लवले दलालहरुको व्यवस्थालाई बदल्न जरुरी रहेकाले सबै माओवादी घटकहरु तयार हुनुपर्ने उनको भनाइ छ । उनले समान बिचारधाराबीच एकता र सहकार्य गर्दै देशलाई संकटबाट रुपान्तरणतर्फ लैजाने बताए ।

उनले ठूला भनिएका दलहरुभित्रको ध्रुविकरण पनि जनताले हेरिरहेको भएपनि उनीहरुको क्रियाकलापले जनता सन्तुष्ट नरहेको धारणा राखे । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी र क्रान्तिकारी कम्युनिष्ट पार्टी, विद्रोहीबीच एकता घोषणा गरिएको थियो ।