Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पत्रकार श्यामसुन्दर पुडासैनीको निधन

पत्रकार श्यामसुन्दर पुडासैनीको निधन

काठमाडौँ । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ। गएराति ११ बजेतिर चावहिलस्थित हेल्पिङ ह्याण्ड्स अस्पतालमा पुडासैनीको निधन भएको उनी कार्यरत नेपाल भ्युज डटकमका सम्पादक मधुसुदन पन्थीले बताएका हुन ।

नेपाल भ्यूज डटकमका उपसम्पादक उनी काम सकेर कार्यालयबाट कपन सरस्वतीनगरस्थित कोठामा फर्किएका थिए। कोठामा फर्किएको केहीबेरमै साढे १० बजेतिर उनी एक्कासी ढलेका थिए। तत्काल घरपति र छिमेकीले उनलाई चावहिलस्थित अस्पताल पुर्‍याएका थिए। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनको निधन भएको घोषणा गरे। उनलाई हृदयाघात भएको अनुमान गरिएको छ।

नुवाकोटका उनले हिमालय टाइम्स​,माउण्टेन टेलिभिजन, प्राइभटाइम्स टेलिभिजन र रेडियो अन्नपूर्णलगायत सञ्चारमाध्यममा समेत काम गरेका थिए।