काठमाडौँ । नेकपा एमालेबाट निकालिएका नेता डा.भीम रावलले आफूले बोलेको कुरालाई प्रचण्डले बोलका कुराहरूको फोटोकपी भनेको टिप्पणी गरेको प्रति आपत्ति जनाएका छन । रावलले केपी ओलीले प्रचण्डसँग लगनगाँठो गरी एमाले बनाउने र भत्काउने गरेको आरोप समेत लगाएका छन ।
उनले आज आफनो सामाजिक सञ्जालमा लेख्दै भनेका छन देश, जनता, एमालेको सिद्धान्त र मान्यता विपरीत गरेका कामको जवाफ दिन नसक्ने भएपछि मैले बोलेका तथ्य संगत कुराहरू प्रचण्डले बोलका कुराहरूको फोटोकपी रे! केपी ओलीले प्रचण्डसँग लगनगाँठो गरी एमाले बनाउने र भत्काउने गरेको काम, नेकपा छँदा गरेका विभिन्न राष्ट्र र जनताको हित विपरीत गरेका काम, आम निर्वाचनपछि फेरी प्रचण्डसँग गरेको साँठगाँठ र फेरि प्रचण्डसँग पारपाचुके गरेको काम तथा त्यसपछि गरेका गलत कामहरुको चर्चा प्रचण्डको आरोपको फोटोकपी नै हुन् र ? उनले भनेका छन ।
यस्तै २०६२÷६३ को जनआन्दोलनका बेला तुलसी गिरी, तथा चुनाव र सरकारमा राप्रपा, राप्रपा, नेपाल, परिवार दल, जसपा, लोसपा र नेपाली कांग्रेससँग साँठगाँठ गर्ने केपी ओली दक्षिणपन्थीको बाहक र पृष्ठपोष रहेको अकाट्य तथ्य रहेको दाबी गरेका छन । उनले अकाट्य तथ्य हुँदा हुँदाहुँदै दक्षिण पन्थीको नाइके’ भीम रावल रे आफू नाइके भएको तथ्यमाथि पर्दा पो हाल्न सकिन्छ कि भन्ने कस्तो छट्ट तरिका ?
त्यस्तै उनले ‘काम्लो ओढेर घिउ खाने’ कतिपयका ’काम्ला’ उध्री सकेका छन्, कंहीका ’काम्ला’ टाल्ने दुस्प्रयास भइरहेको छर्लङ्ग हुँदाहुँदै भीम रावलले काम्लो ओढेर घिउ खाएको’ रे ? उनले आफ्नाविरुद्ध एमालेको कृप्रचारले सत्य–तथ्य नछोपिने जिकिर गरेका छन् ।
थप्दै भनेका छन ‘भीम रावलले यो पद उ पद ’पाएको’ ले सत्य–तथ्य र देश तथा जनताको हितमा केही नबोली चुप लाग्नु पर्ने रे! अरुले (त्यसमध्ये कति बदनाम र अयोग्य) अनेकौं पटक पदमाथि पद पाएको स्वाभाविक रे भीम रावलले पाएका पद र अवसर पाउनै नहुने र बढी रे!’ उनले एमालेले आफूविरुद्ध झुटा र तथ्यहीन कुराहरुको आधारमा प्रहार गरिरहेको भन्दै आफूले तथ्यको आधारमा सोधेका प्रश्नहरुलाई गालिगलौज भनेकोप्रति पनि आपत्ति समेत प्रकट गरेका छन ।
भीम रावललाई एमाले पार्टी बाटै निकालेको छ । उनलाई पार्टी बाट निकाले सँगै रावलले केही दिन अघि पत्रकार सम्मेलन गरेर ओली बिरुद्ध खनिएका थिए । एमालेले नेता रावलको आरोप नेकपाकालमा प्रचण्डले ओलीमाथि लगाएको १९ बुँदे अभियोगको ‘कपी पेस्ट’ गरेको दाबी गरेको थियो ।