काठमाडौँ । भक्तपुरमा स्कुटर दुर्घटना हुँदा पतिको मृत्यु भएको छ। बा।प्र।०२–०२८ प ६६१० नम्बरको स्कुटर दुर्घटनामा उनकी पत्नी गम्भीर घाइते भएकी छन्। झापाको भद्रपुर घर भई भक्तपुरको सानोठिमी धुन्चेपाखा बस्दै आएका ३१ वर्षीय निश्चल राजभण्डारीको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी डुण्डीराज न्यौपानेले जानकारी दिए। स्कुटरको पछाडि सवार उनकी पत्नी २८ वर्षीया पूजा श्रेष्ठ दुर्घटनामा गम्भीर घाइते भएकी छन्। उनको भक्तपुरमा रहेको इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ। उनीहरु अस्ट्रेलियामा बस्दै आएका थिए। अस्ट्रेलिया जानुपूर्व बजार गइ सामान किनेर भक्तपुरको निजी निवासमा फर्कने क्रममा कुकुरले बाटो काट्दा स्कुटर असन्तुलित भइ दुर्घटना भएको थियो । मृतक भद्रपुर नगरपालिकाका पूर्व उपप्रमुख चन्द्रा श्रेष्ठका एकमात्र छोरा हुन् ।
दुवैजना अध्ययनका लागि अस्ट्रेलियामा बसेर केही दिनअघि मात्रै मूलघर भद्रपुरमा आइ फेरि अस्ट्रेलिया फर्कन काठमाडौं आएका थिए। पारिवारिक स्रोतका अनुसार राजभण्डारी दम्पती यसै हप्ता अस्ट्रेलिया फर्किँदै थिए। जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी डुण्डीराज न्यौपानेले घाइते भण्डारीको उपचारको क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको बताए । नेपालमा पछिल्लो समय सडक दुर्घटना । यद्यपी नेपालमा सडक दुर्घटनाका कारण वर्षेनी करिब २५ सय जनाले ज्यान गुमाउनु, दशौं गुणा बढी घाइते र हजारौं अपांग हुनुले सडक दुर्घटनाको कहालीलाग्दो तस्वीर देखाउँछ।
त्यसैले यातायात सेवालाई सुरक्षित बनाउन ठोस, सार्थक र नतिजामूलक पहल यथाशीघ्र हुनैपर्ने आभाष भइसकेको छ। सडक दुर्घटना न्यूनीकरणलाई नीतिगत रुपमा प्राथमिकता नदिएको भने होइन। नेपालको संविधानमा यातायात सुविधामा नागरिकहरूको सरल, सहज र समान पहुँच सुनिश्चित गर्दै यातायात क्षेत्रमा लगानी अभिवृद्धि र वातावरण अनुकूल प्रविधिलाई प्राथमिकता दिँदै सार्वजनिक यातायातलाई प्रोत्साहन र निजी यातायातलाई नियमन गरी यातायात क्षेत्रलाई सुरक्षित, व्यवस्थित र अपाङ्गता भएका व्यक्ति अनुकूल बनाउने कुरा उल्लेख छ। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को प्रस्तावनामै दुर्घटना रोकथाम गर्ने, दुर्घटनाबाट पीडित पक्षलाई क्षतिपूर्ति दिलाउने, बिमा व्यवस्था गर्ने लगायतका उद्देश्यहरू पूरा गर्न ऐन जारी गरिएको उल्लेख छ। तर उल्लिखित उद्देश्य पूरा गर्न ऐन, नियमावली तथा दर्जनौ कार्यविधि र निर्देशिकाहरूमा गरिएको व्यवस्थाको कार्यान्वयन भने कमजोर देखिन्छ। सडक दुर्घटना सम्बन्धमा गरिएका अधिकांश अध्ययन, विश्लेषण र समीक्षाहरूले सवारी चालकको लापरबाही र तीव्र गति, यान्त्रिक गडबडी, सडकको अवस्था आदिलाई दुर्घटनाका मुख्य कारणहरूको रुपमा उल्लेख गरेको पाइन्छ।
यद्यपि सवारी साधनको क्षमताभन्दा बढी यात्रु बोक्नु, ’लेन’ अनुशासनको पालना नगर्नु, जथाभावी चढ्ने र ओर्लने गर्नु, दुई पाङग्रेमा पछाडि बस्नेले ’हेल्मेट’ नलगाउनु, पैदलयात्रीले जथाभावी सडक काट्नु जस्ता हेलचेक्र्याइँपूर्ण व्यवहारले पनि सडक दुर्घटना बढाउन मद्दत गरेकै छन् । स–सानो कुरामा सवारी चालकले ध्यान नपुर्याउदा बर्षैनी धेरैको जिवन बबार्द हुदै गएको छ । पहाढी ईलाकामा मात्रै नभएर उपत्कामा पनि दुर्घटनको संख्या उल्लेख्य रहेको पाईन्छ ।