काठमाडौँ । बाल गायक सचिन परियारको निधन भएको छ । लाामो समय देखी बिरामी भएका सचिनको टिचिङ अस्पतामा आज बिहान करिब १० बजे निदन भएको उनको बुबा तेजेन्द्र परियारले लालि गुराँस डटकमलाई पुष्टि गरेका छन् । सचिनलाई हिजो बेलुका देखी अत्याधिक गाह्रो भईरहेको थियो । विभिन्न ब्यक्ति संग सहयोग गरेर तेजेन्द्रले उपचार गराईरहेका थिए । अनौठो हाउभाउ र बोलीका कारण भाइरल सचिनलाई धेरैले मन पराउथे । कोभिड– १९ को सन्त्रासका कारण २०७७ सालको सुरुवातमा स्कुल बन्द थियो । गुल्मी तम्घासस्थित अर्घाखाँची पार्कमा आफ्नै सुरमा खेलिरहेका थिए बालक सचिन परियार । ठट्टा गर्दै बोल्ने, जानीनजानी गाउने यी अबोध एक दिन कुनै टिकटकरको क्यामेरा फ्रेममा परे । त्यो भिडियोले उनलाई रातारात ‘सेलेब्रिटी’ बनायो । गुल्मीबाट काठमाडौं ल्यायो ।
नाम चलेको बोर्डिङ स्कुलमा भर्ना गरायो । परिवारको जीवनशैलीमा क्षणिक नै भए पनि परिवर्तन ल्याइदियो । अन्त्यमा रोगी बनायो । हर्मोनको असन्तुलनले उनको शारीरिक विकास राम्रोसँग भएन । युट्युबमा अन्तर्वार्ता दिएर भाइरल समेत बनेका उनले चर्चित टीभी श्रृंखला ‘मेरी बास्सै’ र अभिनेता राजेश हमालसँग केही सांगीतिक भिडियोमा अभिनय गरेका छन् । अस्पताल भर्ना भएका सचिनलाई निकैै गाह्रो भएको थियो । एक युट्युवमा अन्तर्वाता दिएर भाइरल भएका परियारले ‘रातो रबर एक’, ‘रुमाल खस्छ की’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’ लगायत थुप्रै गीत गायका छन् । जुन चर्चित समेत भएको छ । उनी लाइभ लोकदोहोरी गाएर समेत चर्चामा आएका थिए । ९ वर्षको कलिलो उमेरमा चर्चामा आएका सचिनको हँसिलो अनुहार, चञ्चलता र मिठासपूर्ण बोली धेरै म्यूजिक भिडियोदेखि लाइभ दोहोरीसम्म प्रयोग भयो ।
गुल्मीका सचिन केही समय सोसल मिडियाको हरेक प्लेटफर्ममा हिट भए । उनलाई म्युजिक भिडियोदेखि टेलिफिल्ममा खेलाउनेको लाइन नै लाग्यो । पहिलो पटक गुल्मीबाटै एक युट्युब च्यानलमा अन्तर्वार्ता दिएका सचिनको बोल्ने शैली र हँसिलो आनीबानीले धेरैलाई तान्यो । सचिन युट्युबमा मात्रै होइन ‘टिकटक’ मा पनि हिट बने ।तर, सकैबा सचिन अब भने संसार बाटै अस्ताएका छन् । उनका बुबा तेजेँन्द्रले विभिन्न दोहोरीमा जाने गित गाउँने गरिरहेका पनि थिए । सबैको अगाडी उनले प्राय छोरा विरामी भएको भन्दै रकम पनि उठाएका थिए । म्युजिक भिडिओमा सचिनलाई खेलाउने होडबाजीजस्तै थियो। चलेका कलाकारले पनि उनीसँग कम्मर मर्काए। सचिनलाई लिएर बनाइएका म्युजिक भिडिओहरू युट्युब ट्रेन्डिङको अग्रपंक्तिमा देखिन्थे। अहिले सचिनको नाम सबै तिरबाट हराएको छ। सामाजिक सञ्जालमा भेटिन छोडेका छन्।