Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

स्याङ्जामा यस वर्ष मात्रै एक अर्ब १२ करोड रुपैयाँभन्दा धेरैको सुन्तला बिक्री

स्याङ्जामा यस वर्ष मात्रै एक अर्ब १२ करोड रुपैयाँभन्दा धेरैको सुन्तला बिक्री

काठमाडौँ । स्याङ्जा जिल्लामा यस वर्ष मात्रै एक अर्ब १२ करोड रुपैयाँभन्दा धेरैको सुन्तला बिक्री भएको छ । सुन्तला सुपरजोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामा एक अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय रुपैयाँ भित्रिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष २० हजार ८४ दशमलव दुई मेट्रिक टन सुन्तला उत्पादन भएको हो । उत्पादित सुन्तलामध्ये ९० प्रतिशत बिक्री भएको बताएकी छन ।

उत्पादित सुन्लता थोक मूल्यमा प्रतिकेजी ५६ रुपैयाँका दरले बिक्री भएको हो । चालू आर्थिक वर्षमा स्याङ्जामा सुन्तला बगैँचाको क्षेत्रफल दुई हजार दुई सय ८० हेक्टरमा विस्तार भएको छ ।