Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भीम रावलले ओली विरुद्ध आगो ओकले,उम्मेदवार फिर्ता गरेर ओलीले मनाङेलाई मन्त्री बनाएको आरोप

भीम रावलले ओली विरुद्ध आगो ओकले,उम्मेदवार फिर्ता गरेर ओलीले मनाङेलाई मन्त्री बनाएको आरोप

काठमाडौँ । डा.भीम रावलले मनाङमा पार्टीका उम्मेदवारलाई फिर्ता गराएर दीपक मनाङे (राजीव गुरुङ) लाई अध्यक्ष केपी शर्मा ओलीले मन्त्री बनाएको भन्दै आरोप लगाएका छन् । उनले बुधबार पहिलोपटक पत्रकार सम्मेलन आयोजना गर्दै उनले प्रश्नैप्रश्न गरेका छन् । उनले आफूलाई पार्टीमा रहँदा गरिएका व्यवहारहरू प्रतिशोधपूर्ण भएको गुनासो पनि गरेका छन् ।

‘शंकर पोखरेललाई ०७८ साल वैशाखमा सेना परिचालन गरेर स्थायी कमिटी बैठकबाट मनाङमा पार्टीको उम्मेदवार बनाएका व्यक्तिलाई मनपरी किसिमले नाम फिर्ता गराएर दीपक मनाङे राजीव गुरुङलाई त्यहाँ निर्वाचन गराउने र पछि गण्डकी प्रदेशको मन्त्री बनाउने तपाईं नै होइन र ?,’ रावलले प्रश्न गरेका छन् ।

साथै, उनले कोशी प्रदेशमा परमादेशको आधारमा सरकार बनाउन लगाएको पनि जिकिर गरे । ‘०७७ साल माघमा संवैधानिक आयोगमा तपाईंले गर्नुभएको प्रतिनिधिसभाको विघटनलाई संविधान विरोधी ठहर गर्दै बारम्बार परमादेशी सरकार भनेर कटाक्ष गर्नुभएको थियो । तर कोही प्रदेशमा परमादेशको आधारमा किन सरकार बनाउन लगाउनु भयो ?,’ रावलले प्रश्न गरेका छन् ।