Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सरकारले डिजेल र पेट्रोलको मूल्य बढायो

सरकारले डिजेल र पेट्रोलको मूल्य बढायो

काठमाडौँ । सरकारले डिजेल र पेट्रोलको मूल्य बढाएको छ । आज रातिबाट लागू हुनेगरी निगमले डिजेलको मूल्य लिटरमा २ रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा एक रुपैयाँले बढाइएको आयल निगमले जनाएको छ ।  निगमकाअनुसार अब काठमाडौँमा डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ र पेट्रोलको मूल्य १६३ रुपैयाँ कायम भएको छ । यो मूल्य पोखरा र दिपायलमा पनि लागू हुनेछ ।

यस्तै, विराटनगर, जनकपुर, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य १६० रुपैयाँ ५० पैसा र डिजेलको मूल्य १५० रुपैयाँ ५० पैसा कायम भएको छ । यस्तै, दोस्रो वर्ष अन्तर्रगतको सुर्खेत र दाङका लागि पेट्रोलको मूल्य १६२ रुपैयाँ र डिजेलको मूल्य १५२ रुपैयाँ तोकिएको छ ।

निगमले हवाइ इन्धन आन्तरिकतर्फ लिटरमा २ रुपैयाँले घटाएको छ भने बाह्यका लागि काठमाडौँमा प्रतिकिलोलिटर १५ डलरले घटाइएको निगमले जनाएको छ । यस्तै, पोखरा र भैरहवाका लागि कुनै नाफा नराखी हवाई इन्धनको मूल्य तोकिएको निगमले जनाएको छ ।