Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले झापा पुगेर केराको पातमा भात खाए

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले झापा पुगेर केराको पातमा भात खाए

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले झापा पुगेर केराको पातमा भात खाएका छन । उनी सँगै छोरी गंगा दाहाल, ज्वाई जीवन आचार्य लगायत ७० जनाको टोली आज झापा पुगेको छ ।

यहीँ मंसिर १६ गते सम्मपन्न उपनिर्वाचनले सन्तुष्ट देखिएको माओवादीले ८४ सालको निर्वाचनलाई लक्षित गरेर गाउँ पस्न थालेको छ । प्रचण्ड स्वयम नै अग्रसर भएर बिभिन्न कार्यक्रममा सहभागि भैरहेका छन । पछिल्लो समयमा पाएको जनताको माया र बिश्वासले माओवादीलाई केही राहत मिलेको छ । प्रचण्डले झापाको गौरिगञ्जमा आज आयोजित खबरदारी सभालाई सम्बोधन गर्न पुगेका उनले गौरिगञ्ज–१ का माओवादी कार्यकर्तासमेत रहेका तिलक राजवंशीको घरमा प्रचण्ड सहितका नेताहरूले कोच संस्कृति अनुसार केराको पातका भात खाएका हुन ।

प्रचण्ड आफै  बिभिन्न कार्यक्रममा हिडिरहँदा उनी जाने कार्यक्रममा समेत जनताको उत्साहापुर्ण सहभागिता रहने गरेको छ । राजवंशीका अनुसार प्रचण्डले कोच राजवंशीको परम्परागत परिकार खाएका हुन् । जसमा उसिना चामलको भात, कोचहरूको भाषामा भनिने पेलका साग, आलु कोपीको भाजी, अग्र्यानिक माछा, लोकल हाँस, टमाटरको अचार, धनियाको चट्नी र पापडलाई कोलाको पातमा दिइएको हो ।

आफूले प्रचण्डलाई कोच संस्कृति अनुसारको खाना खुवाउन पाउँदा खुसी लागेको राजवंशीले बताए । ‘उहाँले मलाई कोच जातीहरुको लागि लडिरहेको छु । कोच जातीको घरमा भात खान पाउँदा खुसी लागेको बताउनु भयो,’ तिलक राजवंशीले भने, ‘मैले पनि तपाईलाई सौभाग्यले खाना खुवाउन पाएँ भने ।’

प्रचण्डले दुईतिर खप्ट्याएर राखेको केराको पातमा भात खाएका थिए । प्रचण्डसहितको टोलीमा लगभग ७० जना थिए । जसमा वाइसिएल र सुरक्षाकर्मी पनि रहेको राजवंशीले बताएका छन ।

प्रचण्डको टोलीमा उनकी छोरी गंगा दाहाल, ज्वाई जीवन आचार्य, कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेल, सहइन्चार्ज सावित्रीकुमार काफ्ले, माओवादी संसदीय दलका कोशी प्रदेश नेता इन्द्रबहादुर आङ्बो, माओवादी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सो, केन्द्रीय सदस्यहरु धर्मशिला चापागाईं, झलकसिंह दर्लामीलगायतका नेताहरु सहभागी थिए ।