काठमाडौँ । नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा भीम रावलले आगामी बुधबार ९पुस १७० गते पार्टी घोषणा गर्ने भएका छन् । एमालेले पार्टीको संगठित सदस्यबाट हटाइ संगै पार्टी गठनको तयारीमा जुटेका रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका थिए ।
रावल निकट स्रोतका अनुसार आगामी बुधबार दिउँसो १ बजे पार्टी घोषणा गर्नेगरी पत्रकार सम्मेलन आयोजना हुने भएको छ । एमालेमा चार दशकभन्दा लामो योगदान दिएका रावल चितवनमा भएको दशौँ महाधिवेशनबाट एमालेमा किनाराकृत भएका थिए । खास गरी चितवनमा भएको दशौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा उत्रिएदेखि उनी किनाराकृत हुन थालेका थिए । एमालेमा किनाराकृत भएका रावल सुदूरपश्चिम र कर्णालीमा एक्लै आफ्ना गतिविधि गरिरहेका थिए । तर, एमालेले शृङ्खलाबद्ध दर्जनौँ आरोप लगाउँदै सङ्गठित सदस्यताबाट मुक्त गरेको थियो । त्यस पछि रावलले के गर्लान भन्ने चासो सकैतिर छ । नेकपा एमालेबाट बिद्रोह गरेर माधब नेपालले पार्टी खोल्े पछि एमाले बाट असन्तुष्ट नेता झलनाथ खनाल, घनश्याम भुषाल लगायत छन् ।
एमाले बाठ बायस भएका बामदेब गौतमलाई पनि पार्टीमा ल्याउन एकिकृत समाजबादीले पहल गरिरहेको । ओलीले पार्टीबाट हटाए संगै रावललाइृ पनि एसमा लैजाने तयारी गरिएको थियो । हाल एकीकृत समाजवादीमै रहेका एमालेका पूर्वअध्यक्ष झलनाथ खनाल विसं २०४६ सालको आन्दोलनपछि बनेको अन्तरिम सरकारमा पहिलो पटक कृषि, भूमिसुधार तथा व्यवस्था मन्त्री हुँदा रावल उनको स्वकीय सचिव बनेका थिए। त्यसको झन्डै २० वर्षपछि विसं २०६६ सालमा बनेको माधवकुमार नेपालको नेतृत्वको सरकारमा रावल गृहमन्त्री बनेका थिए।एकीकृत समाजवादीका नेताहरूसँगको व्यक्तिगत निकटताका कारण पनि कतिपयले रावल एकीकृत समाजवादीमा जाने आशङ्का गरेका थिए। तर, रावलले भने नयाँ पार्टी गठनको तयारी गरेका छन् ।
सोमबार बिहान उनले नेपाली कांग्रेस ९बीपी०का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा। तारा जोशीसँग भेटवार्ता गरेका छन् । मल्ल कांग्रेस डडेल्धुराका पूर्वसभापति हुन् ।उनीहरुले एकआपसमा मिलेर पार्टी निर्माण गर्ने स्रोतको दाबी छ । बार्ता सकरात्मक भएको पनि बुझिएको छ । उनीहरूबीच टोखास्थित निवासमा भेटवार्ता भएको हो । भेटवार्तामा रावलले विभिन्न पार्टीबाट अन्यायमा परेकाहरू एकठाउँमा आएर बलियो शक्ति निर्माण गर्नुपर्ने प्रस्ताव राखेका छन् । यता एमालेको एउटा तप्काले पूर्वउपाध्यक्ष रावललाई निष्कासन गर्ने अनि विन्दा पाण्डे र उषाकिरण तिम्सेनामाथि ६ महिना निलम्बन गर्ने निर्णयको रक्षा गरिरहेका थिए ।
उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू योगेश भट्टराई र गोकर्ण विष्टले कारबाही प्रस्तावमा पुनर्विचार गर्नुपर्ने धारणा राखेका थिए ।ओली पक्षकै नेता भनेर चिनिने उपमहासचिव प्रदीप ज्ञवालीले समेत नेताहरूमाथिको कारबाही प्रस्तावमा पुनर्निवचार गर्न समेत जोड दिएका थिए । नेताहरुको धारणा आएपछि ओलीले रावलको नाम लिँदै कारबाही नगर्ने प्रस्तावको प्रतिवाद गरेका थिए ।अहिले भने रावल आफैले नयाँ पार्टी खोल्न लागेका हुन् ।