Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रतिनिधिसभाको सचिवमा हर्कराज राई सिफारिस

प्रतिनिधिसभाको सचिवमा हर्कराज राई सिफारिस

काठमाडौं । प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राई सिफारिस भएका छन् । सभामुख देवराज घिमिरेले आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेर संविधानको धारा १०६ बमोजिम सचिव नियुक्तिको सिफारिस गरेका हुन् ।

\प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले ०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो ।

झापाको शिवसताक्षी–२ निवासी राईले सार्वजनिक प्रशासनमा एमफिल, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।