काठमाडौँ । रास्वपा ले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलगायतसँग संवाद गरेको स्वीकार गरेको छ । हिज बसको सचिवालय बैठक पश्चात रास्वपा पार्टीका कार्यबहाक महामन्त्री कवीन्द्र बुर्लाकोटीले उक्त कुरा बताएका छन । भनेका छन,‘यो देश निर्माणमा धेरै जनताहरुको साथ चाहिने र काम गर्ने प्रकृयामा समेत साथ चाहिने हुदा वैकल्पिक रुपमा देखिएका शक्तिहरु सबै सँग संवाद गर्ने र विकासको मार्गमा एक ढिक्का भएर अगाडी बढ्ने सन्दर्भमा सबै सँग संवाद छलफल र बिमर्षहरु गरिराखेको र त्यसकै एउटा उपज संवादहरु भएको उनले बताउँदै यो प्रकृया एउटा नियमित प्रकृया भएको र राष्ट्रिय दल भएकाले आफनो समेत दायित्व र जिम्मेवारी भएको बताएका छन ।
संवादहरु नियमित रहेको तर अहिलेको कानुनी प्रकृया सँग जोडेर भन्दा पनि एउटा प्रतिरोध राज्यले साँधेको र उक्त कुरा सबैले बुझनु पर्छ भन्ने हिसाबमा एक चरण गरेको र अर्को चरणको छलफल भनेको एउटा जनजागरण नै लिएर आउनु पर्छ भन्ने लागेको र जनता नजागेको खण्डमा परिवर्तन सम्भव नभएको बताउँदै संवादहरु चलेको उनले बताएका छन । सञ्चारकर्मीहरूले बालेन शाह लगायतसँग रविको पक्षमा मत बनाउन भेटेको हो भन्ने प्रश्नमा उनले सो कुरा बताएका हुन् । उनले यस्ता संवादहरू नियमित हुने पनि बताए।’ पछिल्लो समयमा रास्वपा सभापति रबि लामिछाने प्रहरी हिरासतमा पुगेपछि रास्वपा पार्टीले राज्यले प्रतिरोध साँधेको आरोप लगाउँदै आएको छ ।
रबि हिरासतमा पुगे सँगै रास्वपाले मेयर बालेन सँग पनि संवाद गरेको बताइएको थियो । तर बालेन शाह भने रबिको बिषयमा एक शब्द समेत बोलेका छैनन । बरु रास्वपा कार्यकर्ताहरूले बालेनले रविको रिहाइका लागि आग्रह गरेको भन्दै फेसबुक पोष्टको फेक स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल गराएपछि बालेनले असन्तुष्टि जनाएका थिए । रवि समातिएको केही दिनपछि भाइरल भएको पोष्टमा भ्रष्टाचारविरुद्ध बोलेका कारण उनलाई पक्राउ गरिएको दाबी गरिएको थियो ।
तर, लेख्दै नलेखेको कुरा भाइरल गराइएपछि मेयरको सचिवालयले झुट फैलाउन खोजिएको भन्दै त्यसलाई नरोकिए कानूनी उपचार खोज्ने प्रतिक्रिया दिएको थियो ।
त्यसो त लामिछाने गृहमन्त्री छँदा काठमाडौंका मेयर बालेनले राजधानीको सुकुम्बासी समस्या समाधानका लागि उनको साथ खोजेका थिए । बालेनले त्यसका लागि २०७९ माघ दोस्रो साता गृह मन्त्रालयलाई पत्राचार नै गरेका थिए ।
पछि उनले लामिछानेलाई मन्त्रालयमै पुगेर भेट्दै काठमाडौंमा सुकुम्बासी समस्या समाधानका लागि सहयोग गरिदिन अनुरोध गरेका थिए । लामिछानेले प्रक्रिया पूरा गरेर समस्या समाधान गर्ने जवाफ फर्काएका थिए । यद्यपि, बालेनले गृह प्रशासनबाट सकारात्मक सहयोग पाएनन् । केन्द्र सरकारको अनिच्छाका कारण नेपाल प्रहरीले थापाथली लगायतका क्षेत्रका सुकुम्बासी हटाउन सहयोग नगरेको बालेनको निष्कर्ष थियो । लामिछानेबाट यो मामलामा सहयोग नपाएपछि दुईबीच सम्बन्धमा दूरी बढ्न थालेको थियो ।