काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सम्पति शुद्धिकरणको मुद्दा जिल्ला जिल्लाबाट हरेक व्यक्तिलाई लगाउने हो भने अहिलेको अबस्थामा कोहि पनि बाँकी नरहने तर्क व्यक्त गरेका छन् ।
उनले सामाजिक संजाल फेसबुकमा एक पोस्ट गर्दै सम्पति शुद्धिकरणको मुद्दाबारे नबुझीकन प्रतिक्रिया नदिन पनि सचेत गराएका छन् । पछिल्लो समय पोखराको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने माथि लगाइएको सम्पति शुद्दिकरणको मुद्दा लगाउनै नहुने मुद्दा भन्दै धेरैले आलोचना गरि रहेका छन्। सम्पति शुद्धिकरण सम्बन्धि ऐन कुन प्रयोजनका लागि ल्याइएको हो त्यसको बारेमा बहस हुनु पर्ने कानुन व्यवसायीहरुकै तर्क छन् ।
कास्की प्रहरी हिरासतमा रहेका रवि माथि लगाएको सम्पति शुद्दिकरणको मुद्दा जो कसैलाई लगाएपनि कानुनी हिसाबले बच्न नसक्ने धेरै कानुन व्यवसायीहरुको बुझाइ छ। त्यसैले यसरी कसैलाई प्रतिसोधको हिसाबले सम्पति शुद्धिकरणको मुद्दा लगाउँदै जाने हो भने, नेपालका नेता, कर्मचारी विशिष्ठ व्यक्ति लगायत कोहि पनि बच्न नसक्ने कानुन ब्यावसायी कै भनाइ छ। तसर्थ कानुनका कितावहरु पल्टाउदै गर्दा कस्तो कसुरमा सम्पति शुद्दिकरणको मुद्दा लगाउने हो त्यसको व्याख्या नगरी ऐनको दुरुपयोग गर्दा भोलि जो सुकै पनि कानुनको फन्दामा पर्न सक्ने देखिन्छ।