काठमाडौँ । नेकपा एमालेले भीम रावललाई संगठित सदस्यबाट समेत हटाएको छ।आज बुधबार बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको हो।
भाटभटेनीका सञ्चालक मीन गुरुङबाट पार्टीलाई उपहार पाएको जग्गा प्रकरणमा बोलेपछि रावललाई कारबाही गरिएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
उनका अनुसार सो विषयमा बोल्ने विन्दा पाण्डे र उषाकिरण तिमिल्सिनालाई ६ महिनाका लागि निलम्बन गरेको छ।