काठमाडौँ । लेखा समिति सभापतिको नेकपा माओवादी केन्द्रले राजीनामा मागेको छ । सोमबार सिंहदरबारमा बसेको लेखा समिति सभापतिको बैठकमा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेका हुन् ।
सहकारीमा परिवार जोडिएको र लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनु पर्ने भन्दै माओवादीले उनको राजीनामा माग गरेको हो । बैठकमा मोदीले भने,‘सभापतिज्यू माथि प्रश्न छ । सहकारीको विषय तपाईंको परिवारमा जोडिएको छ । प्रश्न उठेपछि यसको बारेमा तपाईंले जवाफ दिनुपर्छ ।’ सभापति पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध मोरङको धनपालथान गाउँपालिका–३ स्थित उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा मुद्दा दायर गरिएको छ । यस्तै बैठकमा सांसद मोदीले लेखा समितिको बैठक धेरै समय पछि बसेको भन्दै आक्रोश व्यक्त गरे । उनले भने
यस्तै नेकपा एमालेका सांसद योगेश भट्टराईले लेखा समिति सभापतिले जवाफ दिनुपर्ने बताएका छन् । सोमबार बसेको समितिको बैठकमा बोल्दै उनले सभापति ऋषिकेश पोखरेलले जवाफ दिनुपर्ने बताएका हुन् । ‘सभापतिज्यूको बारेमा कुरा उठेको छ । सुशासनको चेक एण्ड ब्यालेन्स समितिमा बसेपछि त्यसको जवाफ दिनुपर्छ,’ बैठकमा भट्टराईले भने, ‘ती कुरा उठेको छ, स्पष्टीकरण दिने फोरम हैन तर पनि यसमा जवाफ दिएर स्पष्ट दिनुस् ।’ सांसद भट्टराईले सभापतिको श्रीमती जोडिए किन सभापतिलाई पनि जोड्ने भन्दै प्रश्न पनि गरेका छन् । सांसद भट्टराईले एमालेका इमान्दार सदस्यले बाहिर चिच्याउनु कराउनु भन्दा पनि अदालत जानेमा विश्वास व्यक्त गरे ।