Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सांसद डा. सुनीलकुमार शर्माको केएमसी स्वास्थ्य टोलीले खानीखोलामा गर्यो सात सय बिरामीको निःशुल्क उपचार

सांसद डा. सुनीलकुमार शर्माको केएमसी स्वास्थ्य टोलीले खानीखोलामा गर्यो सात सय बिरामीको निःशुल्क उपचार

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काभ्रेको खानीखोला गाउँपालिकामा निःशुल्क स्वास्थ्य उपचार गरेको छ ।

 

ग्रेस नेपालको आयोजना तथा अप्टिमिस्ट इन्टरनेशनलको सहआयोजनामा पालिकाको वडा नम्बर ५ को कार्यालयमा भएको स्वास्थ्य शिविरमा ७३५ बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

शिविरमा ७५ जनाको ल्याब परीक्षण, ८९ जनाको ईसीजी, १३५ जनाको भिडियो एक्सरे गरिएको थियो । 

त्यस्तै ३२ जनाको दाँत खोल्दा ७ जनाको माइनर शल्यक्रियासमेत गरिएको थियो । 

३१ जनालाई शल्यक्रियाका लागि केएमसी रिफर गरिएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।