Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपाको कार्यवाहक सभापति डोलप्रसाद अर्याल अर्थात (डिपी) अर्याल

रास्वपाको कार्यवाहक सभापति डोलप्रसाद अर्याल अर्थात (डिपी) अर्याल

 

काठमाडौँ । रास्वपाको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल अर्थात (डिपी) अर्याल बनेका छन । उनी यस अघि रास्वपाको उपसभापति रहेका थिए । पार्टी सभापति रबि लामिछाने विरुद्ध मुद्दा अघि बढेपछि आज बसेको सचिवालय बैठकले अर्याललाई जिम्मेवारी दिएको हो ।

उपसभापति अर्याललाई कार्यवाहक सभापति तोक्ने निर्णय आज बसेको सचिवालय बैठकले गरेको छ । लामिछाने हिरासतमा रहँदा रास्वपाले कार्यवाहक सभापतिको जिम्मेवारी कसैलाई पनि तोकेको थिएन । तर केन्द्रीय समिति बैठकहरू भने उपसभापति अर्यालकै अध्यक्षतामा बस्ने गरेको थियो ।

सहकारीको रकम अपचलनको आरोपमा कार्तिक २ गतेबाट रबि लामिछाने प्रहरीको हिरासतमा रहेका छन ।  उनी बिरुद्ध मुद्धा समेत दर्ता भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा ३ वटा कसुरमा मुद्दा दर्ता भएको हो । रवि लामिछानेसहित ३१ जनाविरुद्धको अभियोग पत्र जिल्ला अदालत कास्की दर्ता भएको छ ।