काठमाडौँ । सहकारी ठगी प्रकरणमा आइतबार मुद्दा दायर भएसँगै कास्की जिल्ला अदालतमा प्रतिवादीहरुको बयान सुरु भएको छ । न्यायाधीश नितिज राईको इजलासमा प्रतिवादीमध्येका छविलाल जोशीबाट बयान सुरु गरिएको छ । अदालतमा रवि लामिछानेलायतका प्रतिवादीलाई पनि उपस्थित गराइएपनि छविबाट बयान सुरु भएको हो । गोला प्रक्रियाबाट इजलास छनौट गर्दा न्यायाधीश नीतिज राईको इजलासमा उनको मुद्दा परेको छ ।
न्यायाधीश राई जिल्ला अदालत कास्की मात्रै होइन देशभरको सबै न्यायालयमा कार्यरतमध्ये कान्छा न्यायाधीश हुन् । २०४७ भदौमा जन्मिएका उनी अहिले ३५ वर्षका मात्रै भए ।देशभर २८२ जिल्ला न्यायधीश कार्यरत रहेकोमा उनी २४५ औं वरियताक्रममा छन् । उनी गत असारमा मात्रै लिखित परिक्षा उत्तीर्ण गरेर न्यायाधीश भएका हुन् ।त्यतिबेला ४२ जना न्यायाधीशका लागि परीक्षा भएकोमा १२ जनामात्रै पास भएका थिए, त्यसमध्येका एक राई पनि थिए । कानुनमा स्नातकोत्तर एलएलएम उत्तीर्ण गरेका उनी २०७२ साल मंसिरमा मात्रै न्यायसेवाको अधिकृत भएका उनी आठ वर्षको सेवा अवधिमै न्यायाधीशमा उत्तीर्ण भएका हुन् । लमिछानेलाइृ सांसदबाटै निलम्बन गर्ने तयारी गरे पछि रास्वपा तनाबमा छ । पार्टी सभापति लामिछानेले हिरासतबाटै पार्टी सम्हाल्दै आएका थिए ।
अब भने पार्टी कस्ले सम्हाल्ने भन्ने बहस पनि रास्वपा भित्र सुरु भएको छ । रास्वपाको बाग्डार सम्हालेका रवि माथी मुद्धा चले पछि पार्टी बिचलीत बनेको छ । लामो समय सम्म मुद्धाको छिनोफानो नलाग्ने आशंकााका बिच रास्वपाले भने तत्कालका लागी पार्टीलार्ए सहि दिशामा ल्याउन कार्यबाहकको साथ खोज्ने भएको छ । लामिछानेसहित ४४ जनाविरुद्ध आइतवार कास्की जिल्ला अदालतमा पुरक अभियोगत्रप दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले दर्ता गरेको चार सय २७ पेज लामो अभियोग पत्रमा सहकारी ठगी, सङ्गठित अपारध र सम्पत्ति शुद्धीकरणको कसुर लगाइएको छ । लामिछानेसँग सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा गरी ३० करोड ७१ लाख रुपैयाँभन्दा बढी बिगो दाबी भएको छ । लामिछानेसहित ५ जनालाई बयानका लागि आज बिहान कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
रविसहित पूर्व डीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङलाई अदालत उपस्थित गराइएको हो । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए । उनीमाथि कास्कीसहित अन्य जिल्लामासमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जीबी राईलगायत अन्य आरोपी भने अझै पनि फरार छन् ।