Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रविको सांसद पद नहटाउँन रास्वपाको आग्रह

रविको सांसद पद नहटाउँन रास्वपाको आग्रह

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न रास्वपाले सभामुखलाई आग्रह गरेको छ । आज प्रतिनिधि सभामुख देवराज घिमिरेलाई सिंहदरवारमा भेटेर रास्वपाका सांसदहरू सन्तोष परियार, सोबिता गौतम र गणेश पराजुलीले निलम्बन नगर्न आग्रह गरेका हुन् ।

सभामुख घिमिरेले यसबारे आफूहरु छलफलमा रहेको भन्दै संविधान, कानुन र संसद नियमावली हेरेर निर्णय गर्ने बताएका छन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको सांसद पद निलम्बनबारे बहस चलिरहेको छ ।

सभामुख देबराज घिमीरेले निलम्बन गर्न छलफल गरिरहेको बेलामा रास्वपा सांसद्वय सोविता गौतम र गणेश पराजुली सभामुखको कार्यकक्षमा पुगेका थिए । पत्रको बिषयमा सभामुख देवराज घिमिरेले संसद सचिवालयका महासचिव र प्रवक्तासँग छलफल गरेलगत्तै रास्वपा सांसदहरु सभामुख भेट्न पुगेका थिए । रविविरुद्ध मुद्दा दर्ता भएसँगै जिल्ला प्रहरी कार्यालय कास्कीको पत्र संसद सचिवालयलाई सांसद पद निलम्बन गर्न पत्र पठाएको थियो । छलफल पश्चात् उनी सांसद पदमा नरहेको सूचना टाँस्ने वा नटास्ने भन्ने टुङ्गोमा सभामुख पुग्ने बताइएको छ । संसदले निलम्बन गर्ने छनक पाए संगै यता रास्वपामा उपसभापति कस्लाई बनाउने भन्ने बहस चलेको छ ।