Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपा सचिवालय बैठक आज ४ बजे बस्ने

रास्वपा सचिवालय बैठक आज ४ बजे बस्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि उसले सचिवालय बैठक बोलाएको हो । आज ४ बजे बस्ने गरी बैठक बोलाइएको उपसभापति डिपी अर्यालले बताए। बैठकमा सभापतिविरुद्ध अघि बढेको मुद्दा र पार्टीको आगामी रणनीतिको विषयमा छलफल हुने जनाइएको छ।

रविविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेपछि सांसद पद पनि निलम्बन गर्न पत्राचार भइसकेको छ। संसद् सचिवालयले त्यसबारे निर्णय गरेको छैन । रास्वपा सांसदद्वय सोविता गौतम र गणेश पराजुली केही बेरअघि सभामुखको कार्यकक्षमा पुगेका हुन्।