Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सभामुख घिमिरेले रवि निलम्बन गर्न छलफल गरिरहँदा सोविता र गणेश टुप्लुक्क पुगे सभामुखको कार्यकक्षमा

सभामुख घिमिरेले रवि निलम्बन गर्न छलफल गरिरहँदा सोविता र गणेश टुप्लुक्क पुगे सभामुखको कार्यकक्षमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको सांसद पद निलम्बनबारे बहस चलिरहेको छ । सभामुख देबराज घिमिरेले निलम्बन गर्न छलफल गरिरहेको बेलामा रास्वपा सांसद्वय सोविता गौतम र गणेश पराजुली सभामुखको कार्यकक्षमा पुगेका छन्।

सभामुख संग यस बिषयमा छलफल गनए उनीहरु केहि समय अगाडी गएका हुन् । रविविरुद्ध मुद्दा दर्ता भएसँगै जिल्ला प्रहरी कार्यालय कास्कीको पत्र संसद सचिवालयलाई सांसद पद निलम्बन गर्न पत्र पठाएको थियो। छलफल पश्चात् उनी सांसद पदमा नरहेको सूचना टाँस्ने वा नटास्ने भन्ने टुङ्गोमा सभामुख पुग्ने बताइएको छ । सङ्घीय संसद् सचिवालयका एक अधिकारीले दिएको जानकारी अनुसार केही बेरमै सभामुखबाट जानकारी आउने छ । संसदले निलम्बन गर्ने छनक पाए संगै यता रास्वपामा उपसभापति कस्लाई बनाउने भन्ने बहस चलेको छ । पयसभापति द्धय डिपी अर्याल र स्वर्णीम वाग्ले दुबै दाबेदार देखिएका छन् । यद्यपी डिपीलाई कार्यबाहक बनाउने तयारी भएाके बुझिएको छ । हिरासतबाटै पार्ठी चलाउदै आएका लामिछानेको मुद्धा केहि लम्बीने देखेपछि रास्वपाले भने कार्यबाहक छान्ने तयारी गरेको हो । पत्रको बिषयमा सभामुख देवराज घिमिरेले संसद सचिवालयका महासचिव र प्रवक्तासँग छलफल गरेलगत्तै रास्वपा सांसदहरु सभामुख भेट्न पुगेका हुन् ।

लामिछानेसहित ४४ जनाविरुद्ध आइतवार कास्की जिल्ला अदालतमा पुरक अभियोगत्रप दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले दर्ता गरेको चार सय २७ पेज लामो अभियोग पत्रमा सहकारी ठगी, सङ्गठित अपारध र सम्पत्ति शुद्धीकरणको कसुर लगाइएको छ । लामिछानेसँग सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा गरी ३० करोड ७१ लाख रुपैयाँभन्दा बढी बिगो दाबी भएको छ । लामिछानेसहित ५ जनालाई बयानका लागि आज बिहान कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । रविसहित पूर्व डीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङलाई अदालत उपस्थित गराइएको हो । आइतबार उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएकाले आजदेखि बयान हुने छ ।

त्यसपछि थुनछेक बहस हुने अदालतले जनाएको छ । सूर्यदर्शन सहकारी ठगीको मुद्दा न्यायाधीश नीतिज राईको इजलासमा पेशी तोकिएको छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए । उनीमाथि कास्कीसहित अन्य जिल्लामासमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जीबी राईलगायत अन्य आरोपी भने अझै पनि फरार छन् । उनलाइृ भने प्रहरीले पक्राउ गर्न सकेको छैन । यद्यपी जिवीलाई सरकारले नै लुकाएको रास्वपाले आरोप लगाउँदै आएको छ । जिवीको बद्मासिका कारण भने लामिछाने नराम्रो संग फसेका छन् ।