काठमाडौँ । सभापति रवि लामिछोनविरुद्ध कास्की दालतमा मुद्दा दायर भएपछि रास्वपाले उपसभापति डोलप्रसाद अर्याल डीपी लाई कार्यवाहक सभापति बनाउने भएको छ । सहकारी ठगी प्रकरणमा रवि पक्राउ परेदेखि नै पार्टी सम्हाल्दै आएका उनलाई आजबाट औपचारिक रुपमा कार्यवाहक सभापति बनाउन लागिएको हो ।
डीपीलाई कार्यवाहक सभापति बनाउने विषयमा अर्का उपसभापति डा स्वर्णिम वाग्लेले पनि सहमति दिएको स्रोतको भनाइ छ । यसअघि कार्यवाहक सभापति डीपी कि स्वर्णिम भन्नेमा विवाद रहँदै आएको थियो । रास्वपाले आज जुममार्फत सचिवालय बैठक गर्दैछ । सोही बैठकबाट डीपीले कार्यवाहक सभापति पाउने सम्भावना रहेको बताईन्छ । लामिछाने विरुद्धको मुद्दा पनि जिल्ला अदालतमा दर्ता भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा ३ वटा कसुरमा मुद्दा दर्ता भएको हो । रवि लामिछानेसहित ३१ जनाविरुद्धको अभियोग पत्र जिल्ला अदालत कास्की दर्ता भएको छ । सरकारी वकिल कार्यालय कास्कीले पेश गरेको प्रमाणपत्र र मिसिलसहितको अभियोग अदालतमा दर्ता भएको कास्की अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । आइतबार सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता गरेको हो।
जिल्ला सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्माका अनुसार साढे ४ सय पेजको अभियोगपत्र दर्ता भएको छ। अहिले प्रमाणहरू रूजु गर्ने काम भइरहेको शर्माले जानकारी दिइन्।
पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेको दिनबाट ९२ औँ दिनमा सरकारले लामिछाने र जोशी सहित ३१ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।५ जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागी मात्र प्रतिवादी कायम गरिएको छ । आज बाट थुनछेक बहस भई रहेको छ । त्यसमाथी पनि सभामुखले लामिछानेलाई निलम्बन गर्ने तउारी गरे पछि पार्टीले कार्यबाहक सभापतिको टुङगो लगाउन लागेको हो । यस अगाठी लामिछाने हिरासतमा रहदा उनको सुझनबका आधारमा पार्टी चलिरहेको बेला अहिले भने कार्यबाहकको तयारी भएको हो । कार्यवाहक सभापतिको विषय टुंगिन लागेपनि संसदीय दलको नेताको विषयमा भने कुनै निर्णय भएको छैन । हालसम्म रवि संसदीय दलको नेता र वीराजभक्त श्रेष्ठ उपनेता रहेका थिए ।
सम्पत्ति शुद्धीकरणमासमेत मुद्दा दर्ता भएपछि सांसदबाट निलम्बन गर्नै तयारी छ । उनी सांसदबाट निलम्बन भएको अवस्थामा विराजभक्त वा स्वर्णिममध्ये एक जनाले दलको नेताको जिम्मा पाउने सम्भावना रहेको छ । लामिछानेसहित ५ जनालाई बयानका लागि आज बिहान कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । रविसहित पूर्व डीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङलाई अदालत उपस्थित गराइएको हो । आइतबार उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएकाले आजदेखि बयान हुने छ । त्यसपछि थुनछेक बहस हुने अदालतले जनाएको छ ।