Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

डा.निकोलस भुसाल पक्राउ

डा.निकोलस भुसाल पक्राउ

काठमाडौँ । रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्ने डा.निकोलस भुसाल पक्राउ परेका छन् । उनलाई हिजो बेलुकी प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाण्डौको थलीबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेको फोटो आफूले सीसीटीभीबाट खिचेको भुसालले स्वीकार गरेका थिए ।

प्रहरीको गेटभित्र सिसिटीभी देखेको र त्यसमा रवि लामिछाने सुतेको देखिएपछि फोटो खिचेको उनको भनाइ थियो ।