Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काग्रेंस अध्यक्ष शेर बहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड बिच बाक्लिएको भेटले जन्माएको संशय !

काग्रेंस अध्यक्ष शेर बहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड बिच बाक्लिएको भेटले जन्माएको संशय !

काठमाडौँ । पछिल्लो समय नेपाली काग्रेसका अध्यक्ष शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड बिचको भेटघाट बाक्लिएको छ । यतिबेला नेकपा एमाले र नेपाली काग्रेसको गठबन्धनको सरकार रहेको छ । यस्तैमा देउवा र प्रचण्ड बिचको निरन्तरको भेटघाटलाई समेत नेपाली राजनितिमा निकै अर्थ पुर्ण रुपमा हेरिएको छ । यस्तैमा नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले नेपाली कांग्रेसका नेताहरुबीच निरन्तर भेटघाट भइरहेको बताएका छन ।

आईतबार एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । नेता पौडेलका अनुसार आहिले सरकार ढाल्ने र अर्को गठबन्धन बनाउने बारेमा भने कुनै छलफल नभएको उनले जानकारी दिएका छन । कांग्रेसले प्रस्ताव ल्याएको खण्डमा आफूहरु सरकार सम्हाल्न तयार रहेको समेत उनले बताएका छन । उनले हिजो (शनिबार) एनपीएल हेर्न कांग्रेस सभापति शेरबहादुर देउवा र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुग्नुले पनि सकारात्मक सन्देश दिएको उनले बताएका छन । उनले आफूहरु सरकार ढाल्ने खेलमा नरहेको भएपनि यो सरकार आफ्नै गतिविधि, क्रियाकलापका कारण ढल्ने दाबी गरेका छन ।

यता नेपाल प्रिमियर लीग (एनपीएल)को पुरस्कार वितरण समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटलाई राजनीतिक रंग दिएर टीकाटिप्पणी शुरू भएको छ ।

सरकारको भविष्यलाई लिएर चलेका बजार हल्लालाई बढावा दिने गरी कीर्तिपुर मैदानमा देउवा र प्रचण्ड एकसाथ देखिएका हुन् । एनपीएलको ट्रफी वितरण समारोहमा प्रचण्ड–देउवा दुवै भावुक मुद्रामा देखिएका थिए । नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएलको ट्रफी सार्वजनिक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथि बनाएको थिया तर उनी गएनन ।

खेल सकिएपछि पुरस्कार वितरण समारोहमा दुई विशिष्ट अतिथिलाई ट्रफी वितरणमा सँगै उपस्थित गराइएको थियो । त्यही अवसरमा खिचिएको देउवा–प्रचण्डको फोटोलाई लिएर सामाजिक सञ्जालमा विभिन्न चर्चा भइरहेका छन् । गत वर्ष फागुन २० गते प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सत्ता सहकार्य थालेपछि देउवा–प्रचण्डको सम्बन्ध सुमधुर छैन । असार १७ गते कांग्रेस–एमाले गठबन्धन भएपछि आशंका बढ्ने भन्दै देउवाले प्रचण्डसँग भेट गरेका छैनन्,जसरी माओवादीसँग गठबन्धन चलिरहेको समयमा देउवाले ओलीलाई भेट्न अस्वीकार गरेका थिए । तर पछिल्लो समयमा सरकार ढल्ने चर्चाले राजनिति तातिरहँदा यो भेटलाई भने निकै अर्थपुर्ण रुपमा हेरिएको छ ।