Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रधानमन्त्री के पी शर्मा ओलीले अमेरिका भ्रमणमै भ्याए ४ करोड २९ लाख रुपैँया

प्रधानमन्त्री के पी शर्मा ओलीले अमेरिका भ्रमणमै भ्याए ४ करोड २९ लाख रुपैँया

काठमाडौँ । प्रधानमन्त्री के पी शर्मा ओलीको अमेरिका भ्रमणमा ४ करोड बढी खर्च भएको पाइएको छ । संयुक्त राष्ट्रसंघको ७९ औ महासभामा भाग लिन अमेरिका जाँदा प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय टोलीले राज्यकोषबाट ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च भएको देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली गत ४ असोजदेखि १४ गते सम्म अमेरिका भ्रमणमा गएका थिए । अर्थ मन्त्रालयका अनुसार विशिष्ट व्यक्तिको भ्रमण खर्चका नाममा सो रकम बराबरको बजेट परराष्ट्र मन्त्रालयका नाममा अख्तियारी दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल संयुक्त राष्ट्र संघको मूख्यालयमा आयोजित ७९ औं महासभामा भाग लिन अमेरिका गएको थियो । अर्थ मन्त्रालयले यस्तो खर्च अर्थ विविध शीर्षकमा राखेको रकमबाट दिने गरेको छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका थिए ।