काठमाडौँ । मुलुकको आमुल परिवर्तनमा डा।शेखर कोइरालाको लगानी रहेको बताउँदै प्रतिनिधि सभा सदस्य डा।सुनिल शर्माले भन्नुभयो (ुपूर्वको कोइराला परिवारबाट ल्याएको नशो सुदुर पश्चिमबाट फेरी पूर्व फर्काउँदै पन्ध्रौ महाधिवेशनबाट डा।कोइरालालाई सभापति बनाउँ ।
नेपाल प्रजातन्त्र सेनानी संघ सुदुरपश्चिमको प्रथम प्रदेश अधिवेशनको उद्घाटन सत्रमा मनतब्य राख्दै शनिबार धनगढीमा डा।शर्माले सम्बोधन गर्नुभएको हो ।
प्रतिनिधि सभा सदस्य डा। शर्माले प्रजातन्त्रका लागि लडेको कोइराला परिवारका महत्वपुर्ण सदस्य डा। कोइरालालाई पन्ध्रौं महाधिवेशनबाट सभापति निर्वाचित गराउनुपर्ने अवस्था आएको बताउनु भएको छ । कृष्ण प्रसाद कोइरालाको हजारौं हजार विघा जमिन राणाले खोस्दा पनि उहाँ प्रजातन्त्रका लागि लड्नुभयो । धनगढी विमान स्थलमा सूदुर पश्चिमका नेता तथा कार्यकर्तारुले गरेको स्वागतले उत्साहित बनाएको भन्दै डा।शर्माले भन्नुभयो यो जनलहर डा।कोइरालाको पक्षमा बढ्दै जाने बताउनुभयो । सूदुर पश्चिमको यो जनलहरले संस्थापन पक्षमा तरङ्ग थप्ने पनि बताउनुभयो । साथै उहाँले अब अरु ५ प्रदेशहरुमा पनि यस्तै कार्यक्रम लिएर अघि बढ्ने बताउनुभयो ।
विघाह जमिन विराटनगरको चारैतीर विघौं विघाह जमिनका मालिक भएपनि सबै गुमाएका स्व।कृष्णप्रसाद कोइरालाका सन्तति डा।शेखर कोइराला अबको निर्विकल्प काँग्रेसको सभापति हुनुपर्ने डा।शर्माले बताउनुभएको हो ।प्रजातन्त्रको स्थापनाका लागि लडेको कोइराला परिवार र त्यही परिवारका सदस्य रहेका डा।कोइरालाले काँग्रेसको अबको नेतृत्व सम्हाल्नु पर्ने आवश्यकता आइपरेकोले सूदुर पश्चिमका नेता तथा कार्यकर्ताले डा।कोइरालालाई सभापति बनाउन साथ दिनुपर्ने डा।शर्माले बताउनु भयो