Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाईँ रिहा गर्न सर्वोच्चको आदेश

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाईँ रिहा गर्न सर्वोच्चको आदेश

 

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ ।

व्यापारीलाई धम्क्याएको आरोपमा प्रहरी हिरासतमा रहेका उनलाई आज शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको छ । बन्दी प्रत्यक्षीकरणको रिटमा शुक्रबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र शारङ्गा सुवेदीको इजलासमा प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो । साइबर अपराधको कसुरमा उनी भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए । साइबरको कसुरमा ४० हजार रुपैयाँ धरौटीमा छुटे लगत्तै उनी आपराधिक लाभ र संगठित अपराधको कसुरमा पुनः पक्राउ परेका थिए । दोस्रोपटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने सर्वोच्चले आदेश दिएपछि उनलाई शुक्रबार सर्वोच्चमा हाजिर गराइएको थियो ।

दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई सर्वोच्च लगिएको,थियो । उनले आफू साइबर अपराधमा धरौटीमा रिहा भए पनि प्रहरीले दुख दिने मनसाय राखेर पुनः पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्न माग गरेका थिए । सोहीअनुसार सर्वोच्चले उनको निवेदन बमोजिम पक्षमा रिट जारी गरेको हो । यस अघि मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई जिल्ला अदालतले ४० हजार धरौटीमा छाड्न आदेश दिएको थियो । तर उनी थुनामुक्त भने भएका थिएनन । प्रसाईमाथि आपराधिक लाभ र संगठित अपराधको कसूरमा अनुसन्धान भैरहेको थियो ।