काठमाडौँ । रवि लामिछानेको तस्बिर सार्वजनिक गर्ने डा.निकोलस भुसाललाई जिल्ला प्रहरी कार्यालय,कास्कीले कारबाही गर्ने चेतावनी दिएको छ । आज एक विज्ञप्ती जारी गदैँ कास्की प्रहरीले यस्तो बताएको हो । कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रबि लामिछानेको तस्बिर सार्व सार्वजनिक गर्ने डा.भुसाललाई कारबाही गर्ने बताइएको छ ।
उनले केही दिन अघि रबि लामिछानेको तस्बिर सार्वजनिक गरेको र उक्त तस्बिर समेत अहिले सामाजिक सञ्जाल बाट उनले हटाइसकेका छन ।
रबिको तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । बिहीबार आज प्रेस विज्ञप्ती जारी गर्दै अनुसन्धानलाई नकरात्मक प्रभाव पार्ने गरी फोटो प्रकाशित भएको भन्दै प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ ।
प्रेस विज्ञप्तीमा भनिएको छ ‘सूचनाको हक सम्बन्धी ऐन, २०६४ मा व्यवस्था भए बमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनियता कायम गर्नुपर्ने व्यवस्था र प्रचलित साइबर अपराध सम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रुपमा सामाग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानुनी दायरामा ल्याई कानुन बमोजिम अनुसन्धान तथा कारबाही गरिने,’ प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता बसन्त कुमार शर्माले विज्ञप्ति जारी गर्दै भनेका छन् । यस्तै गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक भएको विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएका छन् । बिहीबार गृहमन्त्री लेखकले प्रहरी प्रमुख वसन्त बहादुर कुँवरलाई उक्त विषयमा छानबिन गरी दोषी जो सुकै भएपनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।
