काठमाडौँ । एमालेका नेता तथा महाचिव समेत रहेका शंकर पोख्रेलेले राष्ट्रिय स्वतन्त्र पार्टी प्रति लक्षित गदैँ सोसल मिडियाको स्टन्ट र प्रपोगण्डाबाट राजनीतिमा उदाएकाहरू त्यसैको दुरुपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर भएको भन्दै टिप्पणी गरेका छन् ।
उनले रास्वपा लक्षित टिप्पणी समय समयमा सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रम बार्टै दिने गरेका छन । हिज मात्रै रास्वपा सभापति रबि लामिछानेको हिरासतको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएसँर्गै उनले आज बिहानै आफनो सामाजिक सञ्जाल बाटै उनले रास्वपा सामाजिक सञ्जाल बाटै उदाएको र सामाजिक सञ्जाल बाटै लोप हुन लागेको भन्ने आशयको टिप्पणी सामाजिक सञ्जालमा गरेका छन ।
उनले आफनो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन । ‘सोसल मिडियाको स्टन्ट र प्रपोगण्डाबाट राजनीतिमा उद्याएकाहरू त्यसकै चरम दुरुपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर देखिन्छन् । अति सर्वत्र वर्जयेत् भनेर उनले सामाजिक सञ्जालमा लेखेका छन । रास्वपा सभापति रबि लामिछाने सहकारी प्रकरणमा गत कार्तिक २ गतेबाट प्रहरीको हिरासतमा रहेका छन । उनलाई सहकारीको रकम अपचलनको आरोप लागेको छ । उनी ६२ दिनबाट प्रहरीको हिरासतमा रहेका छन ।