Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछानको हिरासतमै सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा,डा.निकोलस भुसालले मागे माफी

रवि लामिछानको हिरासतमै सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा,डा.निकोलस भुसालले मागे माफी

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने प्रहरी हिरासतमा रहेका छन । उनको यतिबेला हिरासतमै सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । यसलाई लिएर यतिबेला सामाजिक सञ्जालमा चर्चा भैरहेको छ ।

यस्तैमा रास्वपा समर्थक डा.निकोलस भुसालले तस्बिर आफूले खिचेको दाबी गरेका छन । लामिछानेको समर्थनमा प्रदर्शनसमेत गर्दै आएका भुसालले दुई दिनअघि फेसबुकमा यो तस्वीर राखेर हटाएको भन्दै फेसबुकमा चर्चा भइरहेको छ ।

‘यो फोटो रियल हो, मैले नै खिचेको हो । गल्ती भयो, माफी चाहान्छु’ भुसालले फेसबुकमा लेखेका छन् । प्रहरीले भने यसबारे अनुसन्धान भइरहेको जनाएको छ । ‘हिरासतभित्रको तस्वीर कसैले पनि सार्वजनिक गर्न मिल्दैन, हामी यसबारे अनुसन्धान गरिरहेका छौँ’ नेपाल प्रहरीका प्रवक्ता विश्व अधिकारीले बताएका छन ।