Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गठबन्धनको सरकार ढल्ने बतास !

गठबन्धनको सरकार ढल्ने बतास !

 

काठमाडौँ । गठबन्धनको सरकार बनेको ६ महिना बित्दा सरकार ढल्ले चर्चा पनि ६० औ पटक नै चलेको छ र चल्दै आइरहेको छ । सरकार ढल्ने बतासले समेत बेला बेला देशमा तरंग ल्याउने गरेको छ । गठबन्धनका नेताहरुसरकार नढल्ने बताउदै आएका छन । नेपाली काग्रेस र नेकपा एमाले बिचको तालमेलले समेत माओवादी पीडामा रहेको छ । माओवादी अध्यक्ष पुष्प कमल दाहल प्रचण्डले बेला बेला सरकारको आयु तोक्दै आएका छन ।

कांग्रेस–एमालेका शीर्ष नेताविरुद्ध भदौ १० गते काठमाडौंमा गौरा पर्व समारोहमा नाराबाजी भएपछि एकपटक सरकार ढालिने चर्चा भयो । अहिले पनि सरकार बतास चलिरहेको छ । सरकार गठन भएको एक महिना नपुग्दै विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साउन २२ गते विराटनगर पुगेर ओली सरकार धेरै लामो नजाने भविष्यवाणी गरेका थिए । प्रमुख प्रतिपक्षी दलको नेताले सरकारबारे अनेक खालका टिप्पणी गर्ने गरेका छन ।

यता गत कात्तिक ७ गते सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्ने बेलामा पनि ओलीले सरकार ढाल्ने कुरा दिवासपना हो भनेर बताएका थिए यसबाट पनि सरकार ढल्ने कुरा नियमित जस्तो नै भैरेहेको छ । यस्तै मंसिर २० गते चीनबाट फर्केपछि पनि ओलीले आफनो कार्यकाल अब १८ महिना मात्र रहेको र २०८३ असार पछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका थिए,आम जनताको मनमा ओली चिनबाट फर्किपछि ढल्छ भन्ने थियो ।

यस्तै ओली चिन जानु अघि पनि बिआर आई मा सहमति जुट्न नसक्दा सरकार ढल्ने बतास चलेको थियो । अहिले सम्म पनि मन्त्रीहरु सरकार कहिले ढल्छ भन्ने प्रश्नको उत्तर दिदै हिडेका छन । यही बीचमा भारतीय गुप्तचर संस्था ‘रअ’का एक पूर्व प्रमुखले एक महिनाभित्र नेपालमा सरकार फेरिने दाबी गरेका छन् ।

नवभारत टाइम्सलाई उनले दिएको एक अन्तरवार्तामा प्रधानमन्त्री ओली नेतृत्वको सरकार एक महिनाभित्र ढलिसक्ने दाबी गरेका छन् ।

उनले ‘नेपालको सरकार ढल्नेवाला रहेको र उनले नेपाललाई विश्वभरका गुप्तचार संस्थाहरुले खेल्ने थलोका रुपमा रहेको समेत बताएका थिए । ‘रअ’का एक पूर्व प्रमुखले भने अनुसार क पी शर्मा ओली १ महिना भित्रै भारतको भ्रमणमा जाँदै छन । (एमाले) का पोलिटब्यूरो सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली यही पुष २५ गते भारत भ्रमणमा जाने तय भएको बताएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेशबुकमार्फत प्रधानमन्त्री ओली चार दिने भ्रमणमा यही पुष २५ गते भारत जाने दाबी गरेका छन् । उनी सँगै परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि जाँदै छिन ।