Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

माओवादीमा फर्किने नेताहरुलाई पुरानै जिम्मेवारी दिइने !

माओवादीमा फर्किने नेताहरुलाई पुरानै जिम्मेवारी दिइने !

काठमाडौँ । नेकपा माओवादी केन्द्र ले आफनो पार्टीमा फर्किने नेताहरुलाई पुरानै जिम्मेवारी दिने निर्णय गरेको छ ।

गत मंसिर २८ गते बसेको स्थायी कमिटी बैठकको निर्णयले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले मातहतका कमिटीहरुलाई संयुक्त सर्कुलर जारी गरिसकिएको समेत बताइएको छ । अध्यक्ष प्रचण्ड माओवादी घटक सहित अन्य वाम शक्तिहरुलाई एकीकृत गर्ने पक्षमा समेत देखिएका छन् । मुलुकको विद्यमान परिस्थितिमा वाम एकता र ध्रुविकरण आवश्यक भएको समेत माओवादीले निष्कर्ष निकालेको छ ।

जारी गरिएको सर्कुलरमा भनिएको छ, ‘विगतमा एकिकरण र समायोजन र पार्टी प्रवेश भएका कतिपय कमरेडहरूको सन्दर्भमा सांगठनिक जिम्मेवारी व्यवस्थापनमा उपेक्षा भएको भनि आएका गुनासोलाई ध्यानमा राखि एकिकरणरसमायोजनरप्रवेश हुँदाका बखत स्थापित वाम घटकहरूमा जुन जुन स्तरमा कार्यरत रहेको थियो सोही स्तरमा समायोजन गर्ने घटकहरूबाट पार्टी प्रवेश हुँदा सम्बन्धित पार्टी समितिहरूको निर्णय अनुसार समायोजन गर्ने निश्चित गरिएको भनिएको छ । माओवादीसँग एकता गर्नको लागि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको ने्कपा, महेन्द्रराय यादव नेतृत्वको नेसपा तयार रहेका छन । पछिल्लो समयमा माओवादी केन्द्र उपनिर्वाचनमा पाएको मतले हौसिएको छ ।