Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति

काठमाडौँ । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका रबि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति प्रदान गरेको छ ।

रास्वपा सभापति समेत रहेका रबि लामिछानेलाई आज मंगलबार म्याद थपका लागि कास्की जिल्ला अदालत उपस्थित गराएको थियो ।

उनलाई आज म्याद थपिएसँगै उनलाई ८ औँ पटक म्याद थपिएको छ । न्यायाधीश हिमलाल बेलबासेले लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति प्रदान गरेका हुन । यसअघि प्रहरीले पनि ४ दिन हिरासतमा राख्न मागेको गरेको थियो ।

उनी माथि मंसिर २७ गते सातौँ पटक थपिएको म्याद सोमबार सकिएको थियो । गत कार्तिक २ गते पक्राउ परेका रबि ६१ दिन देखि प्रहरीको हिरासतमा रहेका छन । नेपाल सरकारका पूर्व गृहमन्त्री समेत रहेका रबि लामिछाने माथिको अनुसन्धान भने अझै सकिएको छनै । यसपटकको म्याद सम्भवतः अन्तिम पटक हुने जनाइएको छ । उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान जारी छ ।