Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रधानमन्त्री के पी शर्मा ओलीलाई बामदेव गौतमको यस्तो चुनौती के गर्लान ओली ?

प्रधानमन्त्री के पी शर्मा ओलीलाई बामदेव गौतमको यस्तो चुनौती के गर्लान ओली ?

काठमाडौँ । केही दिन अघि प्रधानमन्त्री के पी शर्मा ओलीले बामदेब गौतम सँगको कुराकानी भएको भन्दै सार्वजनिक गरेको फोन संवादको बारेमा बामदेव गौतमले एक बिज्ञप्ती जाँरी गदैँ स्पष्टिकरण दिएका छन,उनले ओलीलाई आफुहरु बिचमा भएको संवादको अडियो समेत सार्वजनिक गर्न चुनौती दिएका छन ।

ओलीले केही दिन अघि भनेका थिए गाडीमा आउँदै गर्दा बामदेबको फोन आएको र फोन राजेशसँग भएको तर बामदेबको नं देखेपछि आफुले उठाएको र कुरा गदै जाँदा बामदेबले मदन भण्डारी कांग्रेसले मारेको  र उक्त कुरा मलाई पहिले नै थाहा थियो, तर म चुप लागेँ‘ कांग्रेसले मार्छ भन्ने थाहा थियो, कांग्रेसले मार्या हो भन्ने पनि थाहा थियो, तर अब म बुढो भइसकेँ, जेसुकै भए पनि केही छैन, त्यसैले म सबै कुरा भन्दैछु भनेर‘ सबै मेरै स्वरमा छ । कुराको अन्तिममा त‘ तिम्रो ठुलोबालाई भन्देउ, प्रधानमन्त्रीबाट पनि राजीनामा गर्न भन्देउ, अध्यक्षबाट पनि राजीनामा गर्न भन्देउ । यस्तो भनेर पड्किनुभो । हस हजुर भनेँ । अब के भन्नु । हस म भन्दिउँला भनेँ । फोन राखेँ । भन्दै एउटा फोन संवादको घटना सुनाएका थिए तर उक्त कुराको बारेमा खण्डन गर्दै बामदेब गौँतमले एक बिज्ञप्ती जारी गदैँ भनेका छन,

तपाईँको स्वर र तपाइकै शैलीमा राष्ट्र नेता मदन भण्डारी हत्यासम्बन्धी कथित निष्कर्ष भएको लिंक मेरो फोन र नम्बरमा आयो । हेरेपछि म छांगाबाट खसेजस्तो भएँ ! त्यसपछि मैले आफ्नो पहिलो कर्तव्य तपाईँबाटै जानकारी लिने हो भन्ने ठानेँ । त्यसपछि मैले मेरोमा भएको तपाईँको फोनमा कल गरेँ, तर फोन लागेन । त्यसपछि मैले राजेशलाई वहाँकै फोनमा लिंक पठाइदिएँ र तुरुन्तै कल गरेँ । वहाँले कल रिसिभ गर्नु भयो र सदा झैँ ‘नमस्कार कमरेड’ भन्नुभयो ।

त्यसपछि मैले वहाँलाई भनेँ– एउटा सिरियस लिंक मेरोमा आयो, केपी कमरेडको फोन उठेन र तपाईँलाई पठाइदिएको छु । तु वहाँलाई पठाइदिनोस् । मलाई यो धेरै सिरियस लागेको छ । प्रधानमन्त्री र पार्टी अध्यक्षबाट पनि हट्नुपर्ने हुन सक्छ ।

योभन्दा बढी मैले एक शब्द पनि बोलेको छैन । फोन नम्बर राजेश कै हो । राजेशलाई धुलोमा खेल्ने अवस्थादेखि मैले जान्दछु । यसलाई केपीले प्रचारको विषय बनाएर मेरो बदनाम गर्ने तुच्छ कोसिस गर्नुहोला भन्ने मलाई लागेको थिएन । केपी, म तपाइलाई चुनौती दिन्छु, मेरो भ्वाइस रेकर्ड सार्वजनिक गरिदिनोस् ! पीएमको नाताले भ्वाइस रेकर्ड निकाल्न सकिहाल्नु भनेर उनले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ।