Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल रवि भेट्न पुगे हिरासतमा

माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल रवि भेट्न पुगे हिरासतमा

काठमाडौँ । सहकारीको रकम अपचलनको आरोपमा कास्की प्रहरीको हिरासतमका रहेका रास्वपा सभापति रबि लामिछानेलाई हिरासतमै भेट्न माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल पनि पुगेका छन,उनी आज सोमबार बिहान रबिलाई भेट्न पुगेको बताइएको छ ।

उनले रबिलाई भेटेर फकिर्ने क्रममा राज्यले रवि लामिछानेविरुद्ध पूर्वाग्राहीपूर्ण व्यवहार गरेको बताएका छन । सरकारको काम गलत गर्नेलाई कारबाही र निर्दोषलाई न्याय दिलाउने काम भएको तर रविको हकमा सो नभएको उनले बताएका छन ।

उनले भनेका छन ‘यो पूर्वाग्रह हो । पूर्वाग्रह राज्यले राख्नुहुँदैन ।

पूर्वाग्रह नराखिकन गल्ती गर्ने नउम्कने र निर्दोषलाई नफसाउने, यो सिद्धान्तअनुसार राज्य अघि बढ्न सक्नुपर्थ्यो तर पछिल्लो समय त्यो दिशातर्फ सरकार अघि बढेको हामीले महसुस नगरेको समेत उनले बताएका छन । यस्तै सहकारीसँग सम्बन्धित अन्य थुप्रै मुद्दाहरुलाई बेवास्ता गर्दै पूरै राज्यसंयन्त्र एक व्यक्तिको पछि लाग्नु पूर्वाग्रह भएको नेता पौडेलको ठहर छ । ‘सहकारीसँग सम्बन्धित अरु थुप्रैको प्रश्न उठेको छ, छानबिन समितिले थुप्रैको बारेमा छानबिन गर्ने भनेको छ, केही त छानबिनको प्रक्रियामा हुनुहुन्छ तर केहीलाई उन्मुक्ति दिएर केही पनि गरिएको छैन । यो पूर्वाग्रह हो ।’, उनले भनेका छन ।