Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पुरुषको शरीरमा पेट्रोल छर्केर आगो लगाइ फरार व्यक्ति पक्राउ

पुरुषको शरीरमा पेट्रोल छर्केर आगो लगाइ फरार व्यक्ति पक्राउ

काठमाडौँ । एक पुरुषको शरीरमा पेट्रोल छर्केर आगो लगाइ फरार  एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त घटनामा पक्राउ पर्नेमा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ स्थायी घर भई कास्कीको पोखरा महानगरपालिका– १३ काहुखोला बस्ने ३१ वर्षका उमेश राई रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । गत मंसिर २७ गते करिब राति ११ बजे आफ्नो घर बाहिर बसिरहेका बेला राईले कास्कीको मादी गाउँपालिका– ५ ठुलास्वारा बस्ने ४८ वर्षका दुर्गाबहादुर गुरुङलाई पेट्रोल छर्केर आगो लगाएका थिए,आगलागी बाट घाइतेलाई उद्धार गरी पश्चिम क्षेत्रीय अस्पताल पठाइएको थियो । अहिले उनको कीर्तिपुरस्थित बर्न अस्पताल उपचार भैरहेको छ ।

उक्त घट्ना पश्चात खटिएको प्रहरी टोलील पेट्रोल छर्किएर फरार रहेका राईको खोजी गर्ने क्रममा मादी गाउँपालिका– ५ सुनपदेँली स्थित पुरानो स्कुलमा लुकिछिपी बसेको अवस्थामा समातेको थियो । पक्राउ परेका राईलाई प्रहरीले कास्की जिल्ला अदालतबाट ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा शुक्रबार पाँच दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ । पेट्रोल छर्केर आगो लगाउनुको कारणबारे अनुसन्धान भइरहेको पोखराका डीएसपी वसन्त शर्माले बताएका छन ।