काठमाडौँ । गत बुधबार परराष्ट्रमन्त्री आरजु राणा देउवा बिरुद्ध बेल्जियममा भएको प्रर्दशनमा संलग्नहरुलाई गैरआवासीय नेपाली संघ बेल्जियमले कारबाही गर्न माग गरेको छ । उक्त घटनामा आपत्ति प्रकट गदै संघको बिधान अनुसार कारबाही गर्न समेत जारी बिज्ञप्तीमा भनिएको छ । गत बुधबार उनी कार्यक्रममा सहभागी भइरहेको बेला, कार्यक्रम स्थल बाहिर प्रदर्शनकारीहरूले ’भ्रष्टाचारी विरुद्ध एकजुट हौं’, ’सहकारी पीडितलाई न्याय दे,’ लोकतन्त्र जिन्दावाद’, ’गिरिबन्धु भुटानी शरणार्थी टेरामेक्स वाईडवडी काण्ड छानबिन गर’, ’ओली सरकार मुर्दावाद’ लगायतका लेखेका प्लेकार्ड प्रदर्शन गरेका थिए,उक्त प्रर्दशनलाई लिएर यतिबेला एनआरएनए वेल्जियमकी महासचिव रुविना शर्माले एक विज्ञप्ति जारी गदैँ देउवाविरुद्ध बुधबार भएको अशोभनीय घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको बताएकी छन ।
जारी विज्ञप्तिमा भनिएको छ,नेपाली जनसम्पर्क समिति बेल्जियमको कार्यक्रमको सिलसिलामा लुभेन आउनु भएकी सम्माननिय परराष्ट्रमन्त्री आरजु राणा देउवा बिरुद्ध गत बुधबार भएको अशोभनीय घट्ना प्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको गम्भिर ध्यानाकर्ष भएको छ ।
यस घटनामा संघका उपमहासचिव राजेन्द्र कार्कीको संलग्नतालाई संघको विधान र भावना विपरीत भन्दै उक्त कार्यप्रति खेद प्रकट गरिएको महासचिवले जारी गरेको विज्ञप्तिमा भनिएको छ । परराष्ट्र मन्त्रालय गैर आवसिय नेपाली संघको अभिभावक मन्त्रालय भएको तथ्यलाई ध्यानमा राख्दै कसैको इसारामा यस्तो कार्य गर्नु निन्दनीय रहेको र यस घटनामा संलग्नहरुलाई संघको विधानअनुसार आवश्यक अनुशासनको कारबाही गर्न समेत आग्रह गरिएको छ ।
यस्तै, अनुुमतिविनै निजी व्यवसायमा बाधा पु¥याउने गरी नेपालीद्वारा सञ्चालित रेष्टुरेन्ट अगाडि गरिएको प्रदर्शन अशोभनीय भन्दै भविष्यमा यस्ता घटना हुन नदिनका लागि सबैलाई जिम्मेवार हुन आग्रह गरिएको छ । युरोप भ्रमणमा रहेकी आरजु बिरुद्ध गत बुधबार प्रर्दशन भएको थियो । मन्त्री देउवालाई ज्ञापनपत्र बुझाउन पुगेको रास्वपाको टोलीलाई भेट्न नमानेपछि कार्यक्रम स्थलमा प्लेकार्ड सहित प्रदर्शन गरिएको थियो । प्रायजसो देशमा कम बाहिर बढी बस्ने आरजु परराष्ट्रमन्त्री भएदेखि देश बाहिर नै बस्दै आएकी छन । राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेश विभाग बेल्जियमका उपसंयोजक रमेश कँडेलकले प्रर्दशन भएको बताएका थिए । कँडेलले बताए अनुसार पार्टीका कार्यकर्ताहरूले आफूले बुझाउन चाहेको ज्ञापनपत्र मन्त्रीलाई नदिएको प्रति विरोध जनाउन कार्यक्रम स्थलमा विरोध प्रदर्शन गरेको बताएका छन । उनी नेपाल जनसम्पर्क समिति बेल्जियमको कार्यक्रमको सिलसिलामा भाग लिन लुभेन पुगेकी थिइन ।
