काठमाडौँ । सहकारी ठगी प्रकरणमा प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको अनुसन्धान अन्तिम चरणमा पुगेको बताइएको छ । गत कार्तिक २ गते पक्राउ परेदेखि उनी ५६ दिनदेखि प्रहरीको हिरासतमका रहेका छन उनलाई सहकारीको रकम अपचनको आरोप लागे सँगै उनी पक्राउ परेका थिए र उनको अनुसन्धान यतिबेला अन्तिम चरणमा पुगेको हो ।
लामिछानेलगायत माथि देशका पाँच सहकारीबाट ६५ करोडभन्दा बढी रकम अवैधानिक रूपमा गोर्खा मिडिया नेटवर्कमा लगेर हिनामिना गरेको आरोप रहेको छ । उनी यतिबेला कास्की प्रहरीको हिरासतमा रहेका छन । कास्की प्रहरीले एकसाथ थप अभियोग र पूरक प्रतिवेदन बुझाउने तयारी गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले उनी माथिको अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।
अनुसन्धान करिब सकिएको छ । र अनुसन्धान अधिकृतहरूले प्रतिवेदन तयार गर्दै रहेको समेत बताइएको छ । प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा थप अभियोगपत्र बुझाइसकेको छ भने पूरक प्रतिवेदन तयार गर्दै छ । उनीविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराध गरेको कसुरमा ३ ओटा मुद्दा दायर गर्न सकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउने भएको छ ।