Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रहरीको हिरासतमा रहेका छविलाल जोशी अस्पताल भर्ना,रविले मानेनन भर्ना हुन

प्रहरीको हिरासतमा रहेका छविलाल जोशी अस्पताल भर्ना,रविले मानेनन भर्ना हुन

काठमाडौँ । सहकारी ठगि र रकम अपचलनको आरोपमा प्रहरीको हिरासतमा रहेका नेपाल सरकारका पुर्व डिठआइजी छविलाल जोशी अस्पताल भर्ना भएका छन । जोशीको छाती दुखेको र उनको स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि कास्की प्रहरीले जोशीलाई बिहिबार साँझ पोखराकै गण्डकी मेडिकल कजेल शिक्षण अस्पतालमा भर्ना गरेको जानकारी दिएको छ । उनी यतिबेला कास्की प्रहरीको हिरासतमा रहेका छन ।

कास्की प्रहरीका प्रवक्ता डिएसपी वसन्त कुमार शर्माका अनुसार ‘हिजो साँझ एक्कासी उनले छाति दुखेको र त्यसपछि तत्काल पोखराकै गण्डकी मेडिकल कलेजमा लगेर भर्ना गरेर राखेको प्रवक्ता शर्माले बताएका छन । उनको स्वस्थ्यमा समेत कुनै सुधार नआएको बताइएको छ । यस्तै सहकारीको रकम अपचलनको आरोपमा प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रबि लामिछानेको पनि उच्च रक्तचाप देखिएका कारण प्रहरीले अस्पताल जानका लागि अनुरोध गरेको तर रवि लामिछानेले भने नजाने भन्दै इन्कार गरेको बताइएको छ । उनको केही अघि समेत उच्च रक्तचाप देखिएका कारण अस्पताल बस्न भनिएको थियो तर अस्पताल बस्न अस्वीकार गरेका थिए । वीरगन्जमा बयान सकेर पोखरा ल्याइएका लामिछानेलाई कास्की प्रहरीले स्वास्थ्य परीक्षणका लागि फिस्टेल अस्पताल पुर्याएको थियो ।